७ बैशाख २०८१, शुक्रबार

बिवाह गर्छु भन्दै बलात्कार गर्ने प्रक्राउ

दाङ । दाङमा बलात्कारको आरोपमा एक जना प्रक्राउ परेका छन । प्रक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका १५ का १८ बर्षीय जीवन भनिने रुपक भण्डारी रहेका छन । उनले बिवाह गर्छु भन्दै युवतीको पट–पटक बलात्कार गरेको पीडितले उजुरी दिएपछि भण्डारी प्रक्राउ परेका हुन । गतबर्ष चैतदेखि दाङकी एक महिलालाई लगातर करणी गरेको उनलाई आरोप लागेको छ ।

घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उनलाई मुलुकी फौजदारी कार्यविध २०७४ को दफा १४ वमोजिम पाँचदिन म्यादथप गरि अनुसन्धान गर्न लागिएको प्रहरीले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्