७ बैशाख २०८१, शुक्रबार

ग्रामिण वस्तीमा पुग्यो वेष्टन डेभलपमेन्ट बैक

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ वहादुरगंजमा वेष्टन डेभलपमेन्ट वैकले आफ्नो सेवा विस्तार गरेको छ । ग्रामिण वस्ती रहेको वहादुरगंजका स्थानीयहरु बैंक आएपछी खुसी भएका छन । 

जिल्लाको दक्षिण पश्चिम तथा सिमा क्षेत्रमा पर्ने यस क्षेत्रमा बैंक नहुँदा स्थानीयहरुलाई सास्ती भएको थियो । स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल सुलभ तथा सुरक्षीत वैकिङ्ग सेवा प्रदान गरेकोले बैंक लोकप्रिय बनेको छ ।

बैंकले यस क्षेत्रका ग्राहकहरुलाई सहज वित्तिय पहुच, निक्षेपकर्ता, स्थानिय व्यवासायी, उद्यामी, औद्योगिक तथा व्यावसायिक संघ सस्थासँग समन्वय गरी आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका खेल्ने बैंक प्रशासनले जनाएको छ ।

अहिलेसम्म कुनै पनि बैंक नभएको हुदाँ यस क्षेत्रका वासिन्दाहरु वैकिङ्ग कारोवारको लागि कृष्णनगर तथा चन्द्रौटा जान वाध्य रहेका थिए । बैंक आउनु यस क्षेत्रको विकास रहेको स्थानिय अगुवाहरुको भनाई रहेको छ । बैंकले सहज रुपमा सेवा दिन समेत स्थानियहरु माग गरेका छन ।

वुधवारबाट सञ्चालनमा आएको बैंकको कारोवारलाई यस क्षेत्रमा रहेको उद्योगीहरुलाई सहज हुने विश्वास लिइएको छ । बैंकको १७ औ शाखाको रुपमा वहादुरगंज रहेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्