बाढीपहिरोले वितण्डा मच्याउन थालिसक्यो, बल्ल योजना बनाउँदै प्रदेश सरकार
बुटवल । दुई वर्षअघि गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ लिघा र ठुलो लुम्पेकमा पहिरो जाँदा १३ जनाको मृत्यु भयो । १९ घर बस्नै नमिल्ने गरी भत्किए । दुई वर्ष वित्दा पनि पहिरो पीडितको पुनःस्थापना हुन सकेको छैन् ।
अन्नपुर्ण पोष्टमा लक्ष्मण पोखरेलले लेखेका छन्, लुम्बिनी प्रदेशमा अहिले पनि बाढी र पहिरोको वितण्डा सुरु भईसकेको छ । दुई जनाले ज्यान गुमाए । दर्जनौँ परिवार विस्थापित भएका छन् । तर प्रदेश सरकारले बल्ल विपद् व्यवस्थापनको योजना निर्माण गर्न थालेको छ ।
प्रदेशभर बाढी र पहिरोले वितण्डा मच्याईरहेको बेला असार ३ गते प्रदेशको विपद् व्यवस्थापन परिषद्को बैठकले मनमुनजन्य प्राकृतिक विपद् नियन्त्रण कार्ययोजना बनाउने निर्णय गरेको छ । सरकार बनेको साढे ३ वर्ष पुगिसक्दा पनि विपद् व्यवस्थापनको स्पष्ट योजना प्रदेशले बनाउन सकेको छैन् ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको परिषदको बैठकले विपद व्यवस्थापनका समाग्रीहरु संघीय सरकारसँग माग गरी भण्डारण गर्ने निर्णय गरेको छ । विपदमा सघाउन संघसंस्थाहरुलाई आह्वान गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी बाबुराम पन्थीले असार ३ को बैठकले एक दर्जन बुँदामा निर्णय गरेर योजना अघि बढाएको बताए ।
प्राप्त प्रतिकृयाहरू
यसमा तपाइको मत
सम्बन्धित खबर
-
उखु किसानलाई रुवाईरहेका वीरेन्द्र कनौडिया, तिरेनन् १५ करोड
-
कालीगण्डकीको ८० प्रतिशत पानी तिनाउमा लैजाने योजना
-
जेठ २ र ४ गते कोरोनाबाट आमाबाबु गुमाएकी देवीको बस दुर्घटनामा मृत्यु
-
३० अर्बमा चुनाव गराउन तयार सरकारले अस्पतालमा जनरल बेडसमेत थप्न किन सक्दैन ?
-
छटपटाएर ज्यान गुमाउँदै संक्रमित, लाचारी प्रदर्शन गर्दै मन्त्री
प्रतिक्रिया थप्नुहोस्