रामचन्द्रको ‘तिन फुर्के डोरी’ 

गुल्मी । अहिले लोक दोहोरी क्षेत्रमा लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको ख्याल ख्यालमै दिल चोरी भएको चर्चा संगीत बजार छ । गायक चन्दको दिल चोरी भएको खासमा वास्ताबिकता चाही होईन, गीतमा हो ।  उनको ‘तिन फुर्के डोरी’ सार्बजनिक भएको छ । 

पछिल्लो समय मौलिक र फरक गीतहरु सार्वजनिक भईरहेको समयमा उनले पनि फरक खालको गीत सार्वजनिक गरेका हुन । ‘तिन फुर्के डोरी’ नाच्ने खालको गीत रहेको गायक चन्दले बताए । 

गीतमा शिरमा सुहाउने तिनफुर्के डोरी ख्याल ख्यालमै दिल चोरी भएको कथा गीतमा पाउन सकिने गायक चन्दले बताए । माया प्रेमका रसिला शब्दभावले भरिएको गीत गीतकार हुम गैरेले लय शब्द गरेका हुन् ।
 
गीतमा गायक रामचन्द्र चन्द र समिक्षा बिसीको सुमधुर आवाज रहेको छ । गीतलाई पछिल्लो पिडीका युवाहरुलाई केन्द्रित गरिएको छ । गीतको भिडियो निमार्णका लागि आफुहरुले धेरै मेहनत गरेको भन्दै गीतलाई धेरै दर्शक श्रोताले मनपराउने गायक चन्दले आशा व्यक्त गरे ।

म्युजिक भिडियोमा चर्चित मोडल शंकर बिसी र अनु शाहको अभिनय छ । भिडियोको शंकर बिसीको नृत्य निर्देशन र राजेश घिमिरेले छायाँकंन गरेका हुन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय