कपिलवस्तुमा पौडी खेल्दा डुबेर तिन जनाको मृत्यु 

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका २ मा रहेको सुरही नदीमा पौडी खेल्ने क्रममा डुबेर तिन जना युवाहरुको मृत्यु भएको छ । मंगलवार दिउँसो करिव २ वजेको समयमा गर्मी छल्न पौडी खेल्ने क्रममा युवाहरु डुबेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

विजयनगर गाउँपालिका ६ प्रेमनगर बस्ने गौरा भट्टराईका छोरा आषिस भट्टराई, कमला भुसालका छोरा निराजन भुसाल र माया सुनारका छोरा सुमित सुनारको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले धरातललाई जानकारी दिएको छ । 

सुरही नदीमा पुगेका चार जना युवाहरु मध्ये एक जना पौडी नखेली बाहिर बसेका थिए । अन्य ३ जना पौडी खेल्दै गर्दा नदिको गहिराईमा पुगी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ  । मृतक तिन जना मध्य दुई जनाले एसइइ परिक्षा दिएर बसको र एक जना भारतबाट आएको केहि दिन मात्र भएको थियो । 

उनीहरुको उमेर १७ देखि १९ बर्ष सम्मका रहेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय