विद्यार्थीका लागि एनसिसी तालिम सुरु

कपिलबस्तु । कपिलवस्तुमा विद्यार्थीका लागि आत्मरक्षा, अनुशासन तथा देशभक्ती (एनसिसी) सम्बन्धि तालिम सुरु भएको छ । राष्ट्रिय सेवा दल र नारायण दल गण तौलिहवाले बुद्धपदम मावि र यशोधरा माबी तौलिहवामा एनसिसी तालिम शुरु गरेको हो । 

बिद्यमान यूवा विकास कार्यक्रमलाई प्रगतिशिल रुपमा फैलाउँदै देशभरका माध्यमिक तथा उच्च माध्यमिक तहका बिद्यार्थीहरुलाई प्रासंगिक एवं सान्दर्भिक तालिम प्रदान गराई आत्मरक्षा, अनुशासन तथा देशभक्ती (एनसिसी) सम्बन्धि तालिम सुरु गरिएको हो । बिद्यार्थीहरुमा अनूभव र क्षमताको अभिबृद्धि गराउनूको साथै राष्ट्रप्रतिको उपयोगितालाई बढाउदै लैजाने तालिमको उदेश्य रहेको छ ।

मूलूकको माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुका छात्रछात्राहरुलाई अनूशासन, नेतृत्व विकास, वफादारिता र राष्ट्रिय एकता सम्बन्धि ज्ञान दिलाउन र राष्ट्र सेवाको लागि विभिन्न निकायमा जिम्मेवार रुपले कार्य गर्न सक्ने सक्षम नागरिक बनाउनको लागि तालिमको आयोजना गरिएको हो ।

तालिममा १८ पुरुष र १८ महिला गरी ३६ जना प्रति बिद्यालय गरी ७२ जना क्याडेट छात्रछात्राहरुको सहभागिता रहेको छ । कक्षा ८ र ९ का विद्यार्थीहरुलाई सहभागी रहेको तालिमको नारायण दल गण तौलिहवाका गुल्मपति प्रधान सेनानी प्रज्वल जंग राणाको प्रथम प्रबचनबाट शुरु गरिएको हो ।

बुद्धपदम माध्यमिक विद्यालयका एनसीसी सम्पर्क शिक्षक तथा प्रधानाध्यापक रामनिवास चौधरीका अनुसार एक सय दिन अवधिको उक्त तालिम अन्र्तगत विशेष स्थान र बार्षिक सामूहिक क्याम्प गरी तालिम सञ्चालन गरिने भएको छ । स्थान विशेषमा सञ्चालन हूने संस्थागत तालिममा शारीरिक व्यायाम, मास पि।टी।, तेक्वाण्डो पि.टी., बक्सिङ, खाली हात ड्रिल, खूकूरी ड्रिल, सेरोमोनियल ड्रिल, सैनिक कला, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कम्पास जि.पि.एस., साहसिक तालिमहरु सञ्चालन गरिने छन ।

तालिम अन्र्तगत बार्षिक सामूहिक क्याम्पमा अतिथि भाषणकला, नेतृत्व बिकास, व्यक्तित्व बिकास, स्वप्रबर्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन तथा लागू पदार्थ दुब्र्यशन र महिला तथा बाल अधिकार र संरक्षण सम्वन्धि तालिम दिइने यशोधरा माबिका एनसिसी सम्पर्क शिक्षक एवं प्रधानाध्यापक बिनोद गुप्ताले बताए ।

त्यसैगरी क्याम्पकै अवसरमा विपद् व्यवस्थापन तथा उद्धार, प्रकृति तथा वातावरण संरक्षण, निकूञ्ज, आरक्ष र संरक्षित क्षेत्र, खानेपानी तथा सरसफाईको साथै सूरक्षा अङ्गहरु सम्बन्धि जानकारी, संयूक्त राष्ट्र संघमा नेपाली सेनाको भूमिका, ब्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचार, साँस्कृतिक कार्यक्रम, सैनिक कला अभ्यास, शारीरिक तालिम अभ्यास, विपद् व्यवस्थापन तथा उद्धार, प्राथमिक उपचार अभ्यास र दीक्षान्त कवाज सम्वन्धी जानकारी एवं तलिम दिईने जनाइएको छ । मंगलबारदेखि सुरु गरिएको तालिम एकसय दिन सञ्चालन हुनेछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय