तुही गाउँमा उच्चस्तरको नर्सरी निर्माण
जुम्ला । यहाँको तिला – ७ तुही गाउँमा २८ लाख को उच्चस्तरको नर्सरी निर्माण भएको छ । विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले नर्सरी निर्माण गरिएको हो ।
वन मन्त्रालय, अनुकूलन कोष, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेश नेपालको साझेदारीमा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्तर्गत नर्सरी निर्माण गरिएको हो । निर्माण गरिएको नर्सरीमा डालेघाँस, बकाइनो, निवारो, खनिउ, पालमोनिया, किम्बो र बुद्धचित्रका बिरुवा उमारिएको छ ।
नर्सरीमा उत्पादन गरिएको बिरुवा खाली रहेको वनमा वृक्षरोपण गरिने छ । जलवायु परिवर्तनले पारेको असरलाई कम गर्दै स्थानीय बासिलाई अनुकूलन गराउनको लागि नर्सरी निर्माण गरिएको सो सस्थाले जनाएको छ ।
नर्सरीमा उत्पादन गरिएका बिरुवा तुहि गाउँका नागरिकलाई निःशुल्क उपलब्ध गराइने प्राविधिक विष्णुप्रसाद लुइँटेलले बताए ।
नर्सरीमा जडीबुटी अन्तर्गत अतिश र टिमुरका बिरुवा पनि राखिएको भएको छ । ग्रामीण भेगका स्थानीयवासीकोे जीवनस्तर नर्सरीले केही राहत हुने वडाध्यक्ष हस्त बुढाले बताए ।
माझपातल सामुदायिक वनमा तीन हजार र तातोपानी गाउँपालिको सर्मिमा चार हजार ६०० डाले घाँससहित रुख प्रजातिका बिरुवा रोपिएको जनाइएको छ । यसले जलवायु परिवर्तन, अनुकूलन र जीविकोपार्जनमा सहयोग गर्ने सामुदायिक वनका अध्यक्ष मुनिलाल बुढाले जानकारी दिए ।
प्रतिक्रिया थप्नुहोस्