६ बैशाख २०८१, बिहीबार

सभामुख महराको पाकिस्तान र बंगलादेशका समकक्षीसँग शिष्टाचार भेट

दोहा (कतार) । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४० औं सभामा सहभागी हुन कतार आएका पाकिस्तानका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा सभामुख महराले नेपाल(पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध घनिष्ठ रहेको चर्चा गर्दै आगामी दिनमा पनि त्यसलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।

भेटमा दुवै देशका सभामुखहरुले आ आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरेका थिए । विश्व शान्ति र मानवअधिकारका लागि संसदको भूमिका महत्वपूर्ण हुनेमा दुवै देशका सभामुखको एक मत रहेको थियो ।

सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल(पाकिस्तान संसदीय मैत्री संघको नामावली पाकिस्तानका सभामुखलाई हस्तान्तरण गरेका थिए ।

जवाफमा पाकिस्तानका सभामुख असदले आफूहरुले पनि चाँडै पाकिस्तान(नेपाल संसदीय मैत्री संघको गठन गर्ने बताए । उनले नेपालसँगको सम्बन्ध बलियो रहेको भन्दै संसदीय मैत्री संघले कूटनीतिक मात्रै नभई राजनीतिक सम्बन्ध प्रगाढ बनाउन थप टेवा दिने विश्वास व्यक्त गरे ।

साथै सभामुख महराले नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि आग्रह गरे ।

यसैबीच सभामुख कृष्णबहादुर महरा र बंगलादेशको संसदका सभामुख डा. शिरिन शर्मिन चौधरीबीच पनि शिष्टाचार भेटवार्ता भएको छ ।

आइपियुको १४० औं सभामै सहभागी हुन कतार आएका बंगलादेशका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता भउको हो । भेटमा आआफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरिएको थियो ।

सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल बंगलादेश संसदीय मैत्री संघको नामावली बंगलादेशका सभामुखलाई हस्तान्तरण गर्नुका साथै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल भ्रमणको निम्ता दिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्