१९ असोज २०८१, शनिबार

एक्काको सहयोगमा सृजनशलि प्राविमा शैक्षिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

सल्यान । जिल्लाको शारदा नगरपालिका १३ लेखटाकुरामा रहेको सृजनशलि प्राथमिक विद्यालयलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री सहयाेग भएकाे छ ।

वातावरण संरक्षण शिविर (एक्का) नेपालको सहयोगमा उक्त सामाग्री शुक्रबार विद्यालयलाई हस्तान्तरण गरिएको हाे । नेपाल सरकारको एकमुष्ट अनुदान, सामुदायिक वन र अभिभावकहरुको सहयोगमा संचालित विद्यालय अन्र्तगत उक्त विद्यालयले सामार्गि हस्तान्तरण गरिएको एक्काले जनाएकाे छ ।

सामार्गि अन्तर्गत विद्यालयलाई कक्षा शुद्धिकरणकोलागि क्लोरिन झोल, मास्क, स्प्रे ट्यांकी, कापी , सिसाकलम, इरेजर गोटा र शार्पनर लगाएत र जनचेतनामुलक सामार्गि संस्थाले विद्यालयलाई उपलव्ध गराएको हो ।  

साथै सोही अबसरमा चन्द्र प्रकाश बुढा मगरको अगुवाईमा व्यक्तिगतरुपमा संकलन भएको २३ हजार रकमबाट विद्यालयललाई टेलिभिजन समेत हस्तान्तरण गरिएको छ ।  विद्यार्थीले हेर्दै, सुन्दै, रमाउदै शिक्षण सिकाई गर्न सहजहोस भनेर आफुले उक्त टेलिभिजनले सहयोग गरेको मगरले बताए ।

साथै उनले प्राप्त सहयोगबाट विद्यालयले शैक्षिक क्षेत्रमा पनि उपलब्धी हासिले गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टोपेन्द्र बुढा मगरकोअध्यक्षता तथा शिक्षक झक्कु प्रसाद वलीको संचालनमा सम्पन्न भएको थियो ।

सो अबसरमा अतिरिक्त हुलाक कार्यलयका इन्चार्ज टेक बहादुर वलीको समेत उपस्थिती रहेको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय