१९ असोज २०८१, शनिबार

कर्णालीका तिन जिल्लामा अझैँ पुगेन विद्युतको राष्ट्रिय प्रसारण लाइन

सुर्खेत । कर्णालीका ४३.८७ प्रतिशत घरधुरी मात्र विद्युत्को पहुँचमा पुगेका छन्, तर अझैँ पनि कर्णाली प्रदेशका ५६.१३ प्रतिशत घरधुरी विद्युत्को पहुँच बाहिर रहेका छन् । 

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका अनुसार कर्णाली प्रदेशको सबैभनदा बढी विद्युत्को पहुँच रुकुमपश्चिममा रहेको छ । यहाँका ७५.२ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । 

सल्यानमा ५२.८८ प्रतिशत, सुर्खेतमा ४८.१६ प्रतिशत, दैलेखमा ४८.७३ प्रतिशत, जाजरकोटमा १६.१५, डोल्पामा २१.९ प्रतिशत, जुम्लामा १९.३ प्रतिशत, कालिकोटमा ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लामा २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छ । 

तिन जिल्लामा अझैँ पुगेन राष्ट्रिय प्रसारण लाइन

कर्णालीका १० जिल्लामध्ये अझैँ पनि तीन जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण जोडिएका छन् । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

कर्णालीका मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । हुम्ला, मुगुु र डोल्पामा ३३–११ केभिए सबस्टेसन र ३३ केभिए लाइन निर्माणाधीन छ । 

तथ्यांकअनुसार हुुम्लामा पाँच सय किलोवाट, मुगुमा पाँच किलोवाट, कालिकोटमा चार सय किलोवाट, जुम्ला एवं डोल्पामा २/२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय