७ बैशाख २०८१, शुक्रबार

१०८ मुद्दाको फैसला, बढे श्रीमती पिडितका मुद्धा

पाल्पा । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये १०८ महिलाका मुद्दा फैसला भएको छ । साउनदेखि जेठ मसान्तसम्म १३६ महिलाले सम्बन्धविच्देछका लागि मुद्दा दर्ता गराएका थिए ।

दर्ता भएका मुद्दामध्ये २८ फैसला हुन बाँकी छ । जबर्जस्ती करणीअन्तर्गत ३० मुद्दा दर्ता भएकामा १२ फैसला भएको र १८ फैसला हुन बाँकी रहेको जिल्ला न्यायाधीश शङ्कर बरालले बताए ।

नयाँ कानूनी व्यवस्थामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गर्न पाउने भएपछि ६४ मुद्दा दर्ता भएका छन । तीमध्ये २२ मुद्दा फैसला भएको, ४२ फैसला हुन बाँकी रहेको छ । २०७५ साउनदेखि २०७६ जेठ मसान्तसम्म जिल्ला अदालत पाल्पामा ५५९ मुद्दा दर्ता भएकामा ३६१ फैसला र १९८ फैसला हुन बाँकी रहेको छ ।

सबैभन्दा बढी लेनदेन, झैझगडा, अंशवण्डा, सम्बन्धविच्छेदजस्ता व्यक्तिगत गरी ३५१ मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताए । फौजदारीअन्तर्गत ७९, सरकारवादी फौजदारीमा ११६ र १३ मुद्दा पुनरावेदन परेको छ । पुरानो मुलकी ऐन विस्थापित भई २०७५ भदौदेखि नयाँ कानून आएपछि जिल्ला अदालत पाल्पामा गत वर्षको तुलनामा मुद्दा धेरै परेका छन । त्यसमा सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गर्ने पुरुषको संख्या ह्वात्तै बढेको छ ।

नयाँ जारी भएको संहिता तथा कानूनमा जनताको अधिकारको क्षेत्र वृद्धि भएको, न्यायको दायरामा वृद्धि भएको, विगतका वर्षमा अदालतसम्म नआएका मुद्दासमेत अदालतमा आउने गरेका कारण मुद्दाको संख्या बढेर गएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्