चुलियो गलबन्दी विवाद : प्रकाश सपुतविरुद्ध शम्भु राईको उजुरी

बुटवल । पछिल्लो समय नेपाली सांगेतिक क्षेत्रमा चर्चित बनेको बिषय हो वरिष्ठ गायक शम्भु प्रधान र लोकप्रिय गायक प्रकाश सपुतबीचको विवाद । प्रकाश सपुतको गीत गलबन्दी चर्चित बनेसंगै बिवादमा पनि आयो । केहीले गीत शम्भु प्रधानको ‘आउ नाचौँ संगी हो’ गीतसंग मेल खाएको भने त कतिले मिल्दैन भने । 

यस मुद्धाले सामाजिक सञ्जाल समेत निकै तात्यो । दर्शक तथा श्रोताहरु नै बाँझिए । सुरुमा खासै नतातेको यो विवाद अहिले आएर भने झनै उग्र बनिरहेको छ । शम्भुले गलबन्दीमा आफनो लय मिलेको बताईरहेका छन भने प्रकाश सपुतले सुन्दा उस्तै लागेपनि कपी नभएको दाबी गरिरहेका छन । 

तर शम्भु यस कुरालाई मान्न तयार छैनन । उनले प्रकाश सपुतले कपी गरेको अहिलेसम्म नभनेको तर संयोगवस मिलेको भए पनि वास्तविक सर्जगलाई मार्न नहुने बताउँदै आएका छन । त्यसो भए प्रकाश सपुतबाट उनी के चाहान्छन त ? 

शम्भुको भनाई अनुसार उनको माग प्रकाशबाट पैसा असुल्ने हुदै होईन की त नाम आउनु प¥यो की त जहाँ जहाँ लय मिलेको छ उक्त भाग हटाउनु प¥यो ।

यता प्रकाशले केही दिन अघि शम्भुको नाममा खुला पत्र लेख्दै आफनो गीतमा शम्भुको नाम राख्नै नसक्ने बताएका छन । 

विवाद नथामिएपछि शम्भुले प्रकाश सपुतविरुद्ध उजुरी दर्ता गरेका छन । उनले प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा उजुरी दिएको बताएका छन । प्रकाशको पत्रपछि झनै चित्त नबुझाएका उनले उजुरी दर्ता गरेका हुन । उनले निवेदन दिईसकेका छन अब उक्त कार्यालयले उक्त सम्बन्धित निकायमा पु¥याईदिनेछ । अब उनीहरुको विवाद व्यक्तिगत र सांगठनिकरुपमा मात्र नभई प्रशासनिक रुपमा नै अगाडी बढ्ने भएको छ । 

शभ्भुले आफनो माग पुरा नभएपछि कानुनीरुपमा नै अगाडी बढ्न बाध्य भएको उनको भनाई छ । अब कानुनीरुपमा अगाडी जाँदा जे निर्णय हुन्छ आफुले स्वीकार्य तयार रहेको उनी बताउँछन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय