८ बैशाख २०८१, शनिबार

आठौँ राष्ट्रिय तेक्वान्दोमा पदक जित्ने खेलाडीलाई सम्मान 

बागलुङ । नेपाल आई.टि.एफ.का संस्थापक सदस्य तथा बरिष्ठ सल्लाहकार लिला बहादुर थापा मगरले आई.टि.एफ., राष्ट्र बचाउन र एकिकरण गर्नका लागि जन्मीएको संस्था भएको बताएका छन । 

जिल्ला आई.टि.एफ. तेक्वान्दो संघ बागलुङले ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजना गरेको बेल्ट टेष्ट तथा खेलाडी सम्मान कार्यक्रममा बोल्दै उनले नेपाललाई विश्व सामु चिनाउन खेल र खेलाडीहरुको मुख्य भुमिका रहेको बताए । विशेष गरी आई.टि.एफ. तेक्वान्दो खेलाडीहरुले सबै भन्दा धेरै अन्तराष्ट्रिय पदक भित्राउन सफल भएको उनले बताए । 

आई.टि.एफ. सधै राज्यको अपहेलनामा पर्दै आएकोे र निकै चुनौतीहरुका विच आज शानदार ढंगले राष्ट्रको एउटा महत्वपुर्ण अंगको रुपमा स्थापित भएको उनको भनाई छ  । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका थापाले भने, “खेलकुद केटाकेटी खेल्ने मात्र नभएर दुर्गम बस्तीका बाललिकाको प्रतिभालाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने, राष्ट्रको गौरव र गहना हो,  यसको विकास संरक्षणमा राज्य गम्भीर बन्न आवश्यक छ ।”

थापाले फुटेर होईन जुटेर जानुपर्छ भन्ने सन्देश दिनका लागि अव विश्व व्यापी रुपमा आई.टि.एफ र डब्लु.टि.एफ. एक भएर सन २०२० को टोकीयो ओलम्पीकमा भाग लिने समेत दावी गरे । 

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली र तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले खेलकुदलाई अनुशासन, समाज विकास, स्वास्थ्य र प्रगतीका रुपमा लिनुपर्ने बताए । विश्वसामु विकासोन्मूख देशका रुपमा नेपाललाई अगाडी बढाउदै गर्दा देशका सयौँ खेल प्रतिभालाई जुन हिसावले खेलको वाताबरण सृजना गर्नुपर्ने हो त्यो गर्न नसकिएको उनीहरुले बताए ।  

उनीहरुले बुर्तिबाङका सेरोफेरोमा धैरैको संख्यामा एउटा विद्याका खेलाडीहरु हुदै गर्दा समेत भौगोलिक विविधताको कारणले भुगोल अनुसारको संरचना निर्माणका लागि धेरै लागत लाग्ने भएकाले पनि खेल क्षेत्रको विकासमा सामान्य खेल मैदानको निर्माण र सहज रुपले खेलाडीहरुलाई खेल्ने वाताबरणको सृजना गर्न नसकिएको बताए ।  आगामी दिनमा खेल क्षेत्रको विकासमा स्थानिय सरकारले प्रदेश र केन्द्रसंगको सहकार्यमा विभिन्न आयोजनाहरु सञ्चालन गर्ने समेत बताए । 

कार्यक्रममा गत बैशाख ५ गते देखि १५ गते सम्म नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बागलुङ जिल्लाबाट प्रतिनिधित्व गरी विभिन्न पदक हात पार्न सफल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । जसअन्तर्गत उक्त प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल खेलाडीहरु सुस्मीता थापा, दिनेश बुढा, कामना पुन, रजत पदक हात पार्न सफल बसन्ती बुढा, मविन थापा, अनुस्का बुढा, सृजना थापा र कास्य पदक हात पार्न सफल सागर शमसेर कुँवर गरी ८ जना खेलाडीलाई खादा र प्रमाण पत्रद्धारा सम्मान समेत गरिएको थियो ।

त्यसैगरी आई.टि.एफ.को विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै बागलुङमा रहेका आई.टि.एफ डोजाङहरुलाई समेत सम्मान गरिएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्