१५ चैत २०८०, बिहीबार

११ महिनामा ४ हजारले लिए नागरिकता 

कपिलवस्तु । कपिलवस्तुको ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एघार महिनाको अवधिमा ४ हजार ४२ जनाले नागरिकता लिएका छन । 

यस आर्थिक वर्ष २०७५ साउन १ गते देखी २०७६ जेठ मसान्तसम्म उनीहरुले नागरिकता लिएको कार्यालय प्रमुख विजयराज पौडेलले जानकारी दिए । यो अवधीमा नागरिकता लिएकामध्ये महिलाको भन्दा पुरुषको संख्या वढी छ । २ हजार ९८ पुरुष र महिला १ हजार ९ सय ४४ महिलाले नागरिकता लिएका छन । 

त्यस्तै प्रशासनले ४ सय २७ जनालाई प्रतिलिपि नागरिकता वितरण गरेको छ । प्रशासनमा आएका ६४ ठाडो उजुरीले फछर्यौट गरेको छ  । ४६ जनालाई नाबालक परिचय पत्र वितरण गरिएको पौडेलले वताए ।

आफ्नो क्षेत्रमा रहेको वजारलाई ७ पटक अनुगमन गरेको र सुधारको लागि निर्देशन दिइएको छ । यसै वर्षबाट सुरु भएको द्रुत राहदानी २ सय २६ जनाले लिएका छन । 

विभिन्न सरकारी कार्यालयमा २ पटक अनुगमन गरी ७  जना कर्मचारीहरुलाई स्पष्टीकरण मागेको प्रमुख पौडेलले बताए । ईलाका प्रशासनले यो अवधिमा ३ सय ८१ विविध प्रमाणित गरेको वताए ।

प्रशासन कार्यालयले गरेका कामहरु सार्वजनिक गर्दै प्रमुख पौडेले मुख्य बजारहरुमा सडक पेटीमा रहेका सामाग्रीहरुलाई व्यवस्थापन गर्न निर्देशन दिएको र ब्यवस्थापनको काम अघि वढको वताए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा यहि असार १२ गते कपिलवस्तुको विजयनगर गाउँपालिका १ नेवलागंजमा घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नागरिकता वितरण, स्वास्थ्य परिक्षण, कृषि पशु सेवा लगाएतका शिविर हुने जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्