फोक्सिङ–ग्वाघा–शान्तिपुर सडकको प्रारम्भिक वातावरणीय परिक्षण सम्वन्धि सुझाव संकलन

गुल्मी । पूर्तिघाट–फोक्सिङ–ग्वाघा–शान्तिपुर सडक खण्ड अन्तरगतको फोक्सिङ–ग्वाघा–शान्तिपुर सडकको प्रारम्भिक वातावरणीय परिक्षण सम्वन्धि सुझाव लिईएको छ । 

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा पूर्वाधार) अन्तर्गत नेपाल सरकारको लगानीमा स्थानीय सडक पूननिर्माण तथा पुनस्थापना गर्न जिल्ला आयोजना कार्यान्वयन ईकाइ गुल्मीले सडकको प्रारम्भिक वातावरणीय परिक्षण सम्वन्धि सडक छेउछाउमा घर जग्गा रहेका स्थानीयसगँ राय सुझाव लिएको हो । 

चन्द्कोट गाउँपालिका ५ ग्वाघाकी चन्द्रकला कार्कीले सडकले आफ्नो सवै जमिन सकिने भन्दै सरकारले आफुलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिन । उनले आफु विकासको विरोधी नभएको भन्दै विकाससँगै घरवारविहीन हुने कुरा स्विकार नहुने बताईन । 

सडक निर्माण समयमै निर्माण हुने नहुने ग्यारेन्टी हुनुपर्नेमा स्थानीयले जोड दिए । उनीहरूले सडक निर्माण हुने भएपछि घरवास अन्यत्रै सारेर बसेको लामो समयसम्म पनि सडक निर्माण नभएका उदाहरण रहेकाले यसको ग्यारेन्टी हुन आवश्यक रहेको बताए । 

करिव २० किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माण गर्दा वातावरणमा पर्न सक्ने प्रभाव, पुननिर्माण, पुनर्वास र स्थानान्तरणवाट विद्यालय, स्वास्थ चौकी, वन उपभोक्ता समिति तथा अन्य सरोकारवाला व्यक्ति वा संस्थाहरु र आम नागरिकहरुले दिएका राय सुझावलाई केन्द्रीय आयोजनामा पठाईने जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख पारस पन्थीले जानकारी दिए । उनले स्थानीयवासीले दिएका राय सुझावसँगै सडक निर्माण गर्दा आउने केही समस्याहरु आपसी समझदारीमा समेत समाधान गर्न सकिने वताए । 

यस्तै सडकको वातावरणीय अध्ययनका लागि आएका वातावरणविद रवि भट्टराईले सडक निर्माण गर्दा वातावरणीय प्रभाव र असरको वारेमा राम्रोसगँ मुल्यांकन भएको बताए । उनका अनुसार एक घर अन्यत्रै सार्नुपर्ने देखिएको छ भने विस घरहरुमा सामान्य असर पर्ने देखिएको छ । 

सडकमा एक सामुदायिक वनलगायत खानेपानीका धारा, विजुलीका पोलहरुलगायतका विभिन्न सार्वजनिक सम्पत्तिसंगै निजि घरका जग्गा पर्ने भट्टराईले वताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय