‘गलबन्दी’ विवाद संसदमा : ‘गलबन्दी गीत शम्भु राईको गीतसंग मेल नै खाँदैन’

बुटवल ।  यतिबेला नेपाली सांगेतिक क्षेत्रदेखि लिएर हरेक क्षेत्रमा एउटै मात्र बिषय चर्चामा रहेको छ त्यो हो ‘गलबन्दी’ बिवाद । प्रकाश सपुतको यस चर्चित गीत यतिबेला बालबालिकादेखि बृद्धबृद्धाहरुको मुखमा समेत झुण्डिएको छ । गीतको भिडियो पनि उतिकै रुचाईएको छ जसको करोड बढी भ्युअर्स पाईसकेको छ । 

तर वरिष्ठ गायक शम्भु राईले आफनो पुरानो गीत ‘आउ नाचौँ संगी हो’ बोलको गीतसंग गलबन्दीको लय मिलेको भन्दै आपत्ति जनाए । यी दुई गायकबीच यही बिषयलाई लिएर निकै मिडिया खेले । 

शम्भु आफनो गीतको लय गलबन्दीसंग मिलेको दाबी गर्छन भने प्रकाश सपुत यस कुरालाई मान्न तयार छैनन उनले शम्भु राईको उक्त गीत सुन्दै नसुनेको भन्दै अभिव्यक्ति दिएका छन ।

यता शम्भुले गीत संयोगबस मिले पनि गीतमा आफनो नाम पनि आउनु पर्ने यात आफनो लय मिलेको ठाँउमा गीत हटाउनु पर्ने उनको माग छ जुन माग प्रकाशले मानेन । त्यसपछि शम्भुले प्रकाशविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा उजुरी दिएका छन । 

यो विवाद यसरी चुलियो की गलबन्दी प्रकरण संसदसम्म पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीन बहादुर विश्वकर्माले आज सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले गलबन्दी गीत शम्भु राईको गीतसंग मेल नै नखाने बताएका छन । गलबन्दी गीत सर्बत्र चर्चामा आई बिदेशीहरुको मनमा समेत बस्न सकेको भन्दै उनले भने “विगत केही दिनदेखि सबैको मुखमा हरपल गुनगुनाई रहेने धुन बनेको छ, ‘गलबन्दी च्यातियो तिमीले तानेर’ । नेपाली मात्रै नभई विदेशी मनहरूले पनि यही धुन गुनगुनाई रहेका छन ।”

उनले गलबन्दी गीत शम्भु राईको गीतसंग नमिलेको बताए । “गाउँघरमा, रोधिघरमा, मेलापातमा, रतेउलीमा जाँदा स्वतः स्फूर्त गाउने भाका नै लोकभाका हो” उनले भने, “यो भाका न नक्कल हुन्छ न चोरी ।” उनले आफुले पनि लोकगीत गाएको बताउँदै गलबन्दी गीत चोरी भयो भनेर मुद्दा हाल्नु लज्जाको विषय भएको बताए । 

गीत सर्बत्र चर्चित बनेको कारण प्रकाश सपुत र गायीका श्री शान्ति परियारलाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाई छ । विश्वकर्माले संविधान, कानुन र सामाजिक सदभावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरुमाथि निजि निच ढंगले जातीय भेदभाव अपमान गरेकोले साईवर कानुन, जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ र संविधानको धारा २४ अन्तरगत कारवाहीको माग गर्दै अन्यथा सिंगो दलित समुदाय आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय