१६ चैत २०८०, शुक्रबार

नव विवाहित दम्पतीमा किन यस्तो डर ?

यसपाली विवाह बन्धनमा बाँधिनुभएको छ । तपाईं केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो तपाईं जुन ढंगले बाँचिरहनुभएको थियो, अहिले त्यस्तो छैन । हिजो एक्लो हुनुहन्थ्यो । मनमौजी जीवन बाँच्नुहुन्थ्यो । साथीभाई, आफन्त जहाँ गएपनि हुन्थ्यो । खान र बस्नमा बेपर्वाह हुनुहुन्थ्यो ।

तर, आज तपाईंको कोही साथी छन् । जीवनभर साथ रहने वाचा गर्दै बाँधिएका साथी । अबको सम्पूर्ण दिन तपाईंले उनै पाटनरसँग बिताउनुपर्नेछ । तपाईंको खुसीमा उनी पनि रमाउनेछन् । तपाईंको दुःखमा साथ दिनेछन् । सुख-दुःख सराबरी हुनेछ ।

 

 

यससँगै तपाईंका दायित्व पनि बढेका छन् । दाम्पत्य जीवनलाई कसरी सुखमय बनाउने ? अब यो कुरा तपाईंको लागि अहंम हुनेछ ।

विवाह गरेर मात्र हुँदैन । वैवाहिक जीवनलाई रसिलो र कसिलो बनाउनका लागि दुबैले उत्तिकै प्रयास गर्नुपर्छ । पार्टनरलाई कसरी खुसी बनाउने ? कसरी सुख दिने ? कसरी सन्तुष्ट तुल्याउने ? यसबारे सोच्नुपर्छ ।

त्यसो त दाम्पत्य जीवनको पूवार्द्धमा केही असमझदारी, केही भय पनि हुन्छ । आफ्नो दाम्पत्य जीवन कसरी गुजि्रने हो ? दाम्पत्य सम्बन्धमा खटपट पो आउने हो कि ? पार्टनरले आफ्नो बानीव्यवहार नरुचाउने पो हो कि ? यस्ता अनेकन आशंका पनि मनमा उठ्न सक्छ ।

गल्ती हुन्छ कि भन्ने भय

जसै दाम्पत्य जीवन सुरु हुन्छ, हरेक दम्पतीको मनमा एउटै प्रश्न उब्जन्छ कि, मैले जे गरिरहेको छु त्यो सही छ वा गलत ? मैले गरेको काम पार्टनरले चित्त बुझाएका छन् वा छै्रनन् ?

आफ्नो बोली, आफ्नो व्यवहार, आफ्नो शैली पार्टनरलाई मन परिरहेको छ ? आफ्नो स्वभाव वा प्रवृत्ति पार्टनरलाई कस्तो लागिरहेको छ ? यस्ता प्रश्नहरु मनमा आउँछन् ।

त्यती मात्र होइन, आफुले विवाह गरेर ठिक गरे वा गलत ? यस्तो प्रश्न पनि उब्जन्छ । आफुले विवाह गरेर गल्ती गरे कि ? भन्ने डर लाग्छ । किनभने विवाह भनेको जीवनभरको बन्धन हो । जब विवाह गरिन्छ, तब उनैसँग आफुले नयाँ परिवार रचना गर्नुपर्छ । नयाँ संसार बसाउनुपर्छ । यस्तो अवस्थामा विवाह एक संवेदनसिल कुरा हो भन्ने महसुष हुन्छ ।

हतार गरे कि ?

जब विवाह गरिन्छ तब हठात् एउटा प्रश्नले मनमा भय पैदा गर्छ । मैले विवाह गर्ने निर्णय अलि हतारमा पो गरे कि ? के मैले सही उमेरमा विवाह गरे ? यसका लागि मैले केही समय पो सोच्नुपर्ने थियो कि ?

एउटा विश्वप्रशिद्ध भनाई छ, हतारमा विवाह गर्छन् र फुर्सदमा पछुताउँछन् । वास्तवमा विवाह एक अप्रत्यासित घटना नै हो । तर, जब विवाह गरिन्छ, त्यसले आफ्नो सम्पूर्ण जीवनमै खास प्रभाव पार्छ ।

सही साथी छनौट गरिएन कि ?

अहिले मागेर वा भागेर दुवै किसिमले विवाह गरिन्छ । आमाबुवा वा आफन्तको रोजाई अनुसार कुनै केटा/केटीलाई आफ्नो जीवनसाथी बनाउने निर्णय गरिन्छ । त्यसैगरी प्रेम सम्बन्ध राखेर आफ्नै मर्जी अनुसार पनि जीवनसाथी छनौट गरिन्छ ।

यसरी विवाह गर्नुअघिसम्म खास भय रहँदैन । तर, विवाह गरिसकेपछिको अवस्थामा आफ्नो पार्टनरप्रति केही आशंका पैदा हुनसक्छ । आफ्नो पार्टनर कस्ता हुन् ? पार्टनरको आनीबानी कस्तो थियो ? पार्टनरसँग आफ्नो कुरा नमिल्ने पो हो कि ? यस्ता अनेकन प्रश्नहरुले मनमा भय पैदा गर्छ ।

साथीले सम्बन्ध तोड्ने भय

विवाह गरेपछि कति दम्पतीले आफ्नो सम्बन्ध तोड्छन् । यद्यपी सम्बन्ध तोड्ने कुरा त्यती सहज होइन । कतिपयलाई के भय रहन्छ भने विवाह गरिसकेपछिको अवस्थामा पार्टरनले चित्त नबुझाउने पो हुन् कि ? सम्बन्ध विच्छेद पो गर्ने हुन् कि ?

यस्तो भय त्यही व्यक्तिको मनमा हुन्छ जसमा आत्मसम्मान र आत्मविश्वासको कमी हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्