३ महिनामै इकाई प्रमुख २५ हजार घुस सहित पक्राउ

सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओली घुस रकम  सहित रङ्गेहात पक्राउ परेका छन । २५ हजार नगद रुपैँया  लिएको घुस रकम सहित उनी पक्राउ परेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई घुस रकम लिएकोे अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । शिक्षक सरुवाको सहजिकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिदँै गरेको अवस्थामा उनी पक्राउ परेका हुन ।

ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रुपमा कार्यरत थिए । ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय