प्रकाशलाई अछुत भन्दै गाली गर्नेलाई कारवाही गर्न सांसदको माग

बुटवल । चर्चित गीत गलबन्दीका गायक प्रकाश सपुत र वरिष्ठ गायक शम्भु राईबीचको तनावले समस्या कपिराईट र मुद्धासम्ममा मात्र या बिषय सिमित रहेन । गलबन्दी कपी प्रकरणमा दर्शक तथा श्रोताहरु पनि बाँझिए । कतिले प्रकाश सपुतको समर्थन गरेका छन भने कतिले शम्भु राईको । 

तर राईको एक जना समर्थकले प्रकाश सपुतलाई दलित, अछुत भन्दै तथानाम गाली गरेपछि यस बिषयले यतिबेला सामाजिक सञ्जाल र सांगेतिक क्षेत्र नै तातेको छ । 

एउटा कलाकारलाई लय मिलेकै भरमा तल्लो स्तरको प्रतिक्रिया आउन थालेपछि गलबन्दी प्रकरण फेरी संसदमा पुगेको छ । यो समयमा आएर पनि प्रकाश सपुतलाई दलित, अछुत भन्दै समाजलाई विभाजित गर्न खोजेको भन्दै सांसद बिमला बिकले त्यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेकी छिन ।

संसद बैठकमा बोल्दै बिकले शम्भु राईलाई समर्थन गर्ने नाममा एउटा कलाकारको अपमान हुने गरी अभिव्यक्तिहरु आउन थालेको भन्दै आपत्ति जनाईन । बैठकमा बोल्दै सांसद विकले भनिन “सर्जक प्रकाश सुपत र शान्तिश्री परियारले ‘पछ्यौरी च्यातियो तिमीले तानेर’ भन्ने गीत गाउनुभयो । एक महिनाभित्र यो गीत एक करोड पटकभन्दा बढी हेरिएको छ । नेपाल बाहिर र भित्र रहेका नेपालीको मनमस्तिष्कमा पुग्यो । मलाई अचम्म लाग्छ छोटो समयमा लामो दुरी पार गर्नेलाई धावक भनेर सम्मान गरिन्छ । तर, छोटो समयमा धेरै नेपालीको मनमस्तिष्कमा पुग्न सफल सर्जकहरुलाई कुजात र अछुत भनेर अपमान गरिएको छ ।”

उनले दलित भन्दै हेयको दृष्टीकोणले हेर्ने र अभिव्यक्ति दिनेलाई कडा भन्दा कडा कारवाही गर्न उनको भाग छ । प्रकाश सपुतलाई दलित भन्दै होच्चाईएपछि कलाकारहरुदेखि ग्रैहदलितहरुले समेत त्यस्तो अभिव्यक्ति दिने बिरुद्ध आवाज उठाईरहेका छन । गलबन्दी भाईरल भएपछि शम्भु राईले गीतमा आफनो लय मिलेको भन्दै गीतमा आफनो नाम राख्न की त लय मिलेको टुक्का हटाउन माग गरेका थिए तर प्रकाशले उक्त कुरा नमानेपछि शम्भुले उनीबिरुद्ध कपीराईट रजिष्टर कार्यालयमा उजुरी दर्ता गरेका छन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय