१७ बैशाख २०८१, सोमबार

यी उद्यमीले राखेका छन् आफैलाई थप्पड हान्न महिला कर्मचारी

भारतीय–अमेरिकी उद्यमी मनिष सेठीले फेसबुक खोल्दा हरेक पटक उनलाई थप्पड हान्नका लागि एक महिलालाई जागिरमा राखेका छन् । 

उनले फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्मको लतबाट छुटकरा पाउन लगाउन योग्य उपकरणको ब्रान्ड पावलोकका संस्थापक सेठीले कारा नामकी एक महिलालाई उनको स्क्रिन हेर्न र सोसल मिडिया प्लेटफर्ममा गएको खण्डमा थप्पड हान्नका लागि प्रति घण्टा ८ डलर पारिश्रमिक दिएर काममा राखेका छन् । प्रति घण्टाका लागि काममा राखे ।

मनिष सेठीले सन् २०१२ देखि नै महिलालाई जागिरमा राखेका थिए । तर यसको चर्चा आज किन भइरहेको छ भने टेस्लाका सीइओ एलन मस्कले दुईवटा ‘फायर’ इमोजीको प्रयोग गरेर यसमाथि प्रतिक्रिया दिएका छन् । 

सेठीले सन् २०१२ को विज्ञापनमा लेखेका थिए, “जब म आफ्नो समय बर्बाद गरिरहेको हुन्छु तब तपाईंले मलाई कराउनुपर्नेछ र आवश्यकता पर्दा मलाई थप्पड पनि हान्नुपर्नेछ ।”

मनिष सेठीले शंका व्यक्त गर्दै मस्कको प्रतिक्रियामाथि प्रतिक्रिया व्यक्त गरे । सेठीले कारालाई थप्पड हानेर उनको काम गर्ने क्षमता बढाउन मद्दत गरेको श्रेय दिएका थिए । 

उनले भनेका थिए, “धेरैजसो समयमा मेरो औसत काम गर्ने क्षमता लगभग ३५–४० प्रतिशत थियो । जबदेखि कारा मेरो नजिक बसेकी छिन् मेरो क्षमता बढेर ९८ प्रतिशत भयो ।”

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्