१५ बैशाख २०८१, शनिबार

सवै मतदान केन्द्रमा उच्च गतिको इन्टरनेट पु¥याइदै

बुटवल । सरकारले आगामी वैशाख ३० गते देशका सवै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन देशभरका सम्पुर्ण मतदान स्थलमा इन्टरनेट सुविधा पु¥याउन काम थालिएको छ ।

निर्वाचन आयोगको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सम्पूर्ण मतदान स्थलमा उच्च गतिको इन्टरनेट पु¥याउन लागिएको हो । हाल देशभरका कति निर्वाचन स्थलमा इन्टरनेट पुग्न बाँकी छ भन्ने कुरा यकिन तथ्याङ्क छैन ।

तर पनि दूरसञ्चार प्राधिकरणको ब्रोडब्यान्ड परियोजना अन्तर्गत देशभरका सबै स्थानीय तह, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने काम अन्तिम चरणमा छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वाधार महाशाखा प्रमुख सुरेन्द्रलाल हाडाका अनुसार अधिकांश मतदान स्थलमा इन्टरनेट पुगिसकेको छ । उनले इन्टरनेट नपुगेका मतदान केन्द्रमा विशेष कार्यक्रम बनाएर इन्टरनेट जडान गरिने बताए ।

उनले भने, “अप्टिकल फाइबर र फोरजी सेवा समेत नपुगेका मतदान केन्द्रमा भीस्याटबाट भए पनि इन्टरनेट र्पुयाउने हाम्रो योजना छ ।”

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनमा सिसिटिभी प्रयोग गर्ने, निर्वाचनको नियमित रिपोर्टिङ गर्ने र विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने विषयमा छलफल भईरहेको बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्