मालिका नमुना माविको १२ कोठे भवन बन्दै
गुल्मी । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले आफुहरु गाउँमा घुम्दा र डुल्दाडुल्दै घरहरु खाली भएको देख्ने गरेको बताएका छन् ।
उनले मदनभण्डारी राजमार्गससहितका दर्जनौ सडक, करोडौंका खानेपानी आयोजना, विद्युत, बिद्यालय र स्वास्थ्यका पूर्वाधारहरु गाउँ–गाउँमा निर्माण भइरहेपनि घरहरु खाली हुँदै जानु बिडम्बना रहेको बताए ।
“बर्षेनी सयौँ परिवार शहर झरेपछि विकास कसलाई गर्ने ? अरबौको खर्च गरेका पूर्वाधारको दीर्घकालिन उपयोगमा शंका हुन थाल्यो” उनले भने, “विकास गाउँ पसे नागरिक शहर ।”
मालिका गाउँपालिका–८ को मालिका नमुना माविको १२ कोठे भवनको शिलान्यास गर्दै बिष्टले देशको आर्थिक अवस्थाको कारण कम पैसाले धेरै उपलब्धी हासिल गर्नुपर्ने अवस्था रहेको बताए । राज्यले लगानी गर्नुपर्ने बिषय धेरै र आर्थिक अवस्था दैनिक कमजोर बन्दै गएकाले उपलब्धीपूर्ण विकासका योजना सञ्चालनमा बिष्टले जोड दिए ।
निर्माण व्यवसायीले दुई बर्षका योजनालाई बर्षौ अल्झाएर जनतामा निराश फैलाउने काम गरेको बताउँदै मालिका माविको बिद्यालय भवन समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।
त्यस्तै बिष्टले स्वदेश र बिदेशमा प्रतिस्प्रर्धा गर्ने खालको शिक्षाको आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा नभएको कारण कैयौँ नेपाली जनशक्तिले जोखिमपूर्ण श्रममा परदेशमा पसिना बगाउने अवस्था रहेकाले शिक्षामा लगानी बढाएर भौतिक पूर्वाधारसंगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । निर्वाचन क्षणिक अभियान भएकाले विकासमा साझा ढंगले लाग्नुपर्ने बिष्टको भनाई छ ।
यो आर्थिक बर्षभित्र निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले तोकिको काम गर्नुपर्ने सम्झौता छ । यो बर्ष भवनको लागि एक करोड बिनियोजन भएको बिद्यालयका प्रध्यानाध्यापक हेमराज पौडेलले बताए । अहिले बिद्यालयमा साढे ६ सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
विद्यालय व्यावस्थापन समिति अध्यक्ष कमला अर्यालले भौतिक पुर्वाधार, ब्यास्थापन र शैक्षिक गुणस्तर गरेर तीन बिषयमा आफुहरुले काम गर्नुपर्ने बताइन् । नमुना माविको काममा तीनै तहका सरकार र स्थानीयहरुको समन्वय र सहयोग आवश्यक भएकाले बिद्यालयको समृद्धिको लागि जुट्न उनले आग्रह गरिन् ।
प्रतिक्रिया थप्नुहोस्