७ असोज २०८०, आइतबार

बागलुङकाे बडिगाड गाँउपालिकामा क्षयरोगिका ३५ बिरामी

बागलुङ । जिल्लाकाे बडिगाड गाँउपालिकामा क्षयरोगिका बिरामी थपिदै गएका छन । जिल्लामै अन्य पालिकाको तुलनामा बडिगाडमा क्षयरोगिका बिरामी बढि रहेको तथ्याङ्क यस अघि नै जारी गरिएको थियो ।

बडिगाडमा भदौ महिना यता माघ ९ गते सम्म पाँच महिनाको अबधिमा मात्रै ८ संक्रमित थपिएका हुन । थपिएका ८ संक्रमितसंगै अहिले बडिगाडमा क्षयरोग संक्रमण पुष्टि भएका बिरामीको संख्या ३५ पुगेको छ । 

पालिकामा क्षयरोगि बिरामीको आधिकारीक तथ्याङ्क संकलनको लागि पालिकाले संचालन गरेको क्षयरोगि पहिचान कार्यक्रम अन्तर्गत ८ जना विरामी फेला परेका बडिगाड गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले जानकारी दिए ।

क्षयरोगिका विरामी बढि भएका बडिगाडका वडा नं. २,४,५ र ६ वडामा अहिले पालिकाको स्वास्थ्य शाखाले विशेष अभियान नै संचालन गरेर क्षयरोगिको खोजि र शंकास्पद २३७ को खकारको नमुना संकलन गरि परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको केसीले बताए ।

“हामिले ‘क्षयरोगिको खोजपडताल’ कार्यक्रम अन्तर्गत पुराना क्षयरोगि तथा उनिहरुको संम्पर्कमा आएका शंकास्पदक बिरामी, उनिहरुका परिवारका सदस्य र छरछिमेकीको खकारको नमुना संकलन गर्दा ८ जनामा संक्रमण पुष्टी भयो” केसीले भने । “सो संख्यामा बडिगाडमा देखिएको संक्रमण निकै डर लाग्दो हो । तर बडिगाडमा किन यसरी क्षयरोगि बिरामीको संख्या बढ्दो छ भन्ने हामि खोजिमै छौ केसी भने ।”

बडिगाडका स्वास्थ्य शाखाले पछिल्लो समय अन्य वडामा पनि ‘एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत क्षयरोगि विरामी संगै अन्य विभिन्न स्वास्थ्य जाँच समेत गर्दै आएको छ । बडिगाडमा क्षयरोगिका विरामी भेटिएपनि वडा नं. ३ र ९ मा भने संक्रमित भेटिएका छैन्न् ।

फोक्सोको क्षयरोगिले वर्षमा १०÷१२ जनामा रोग सार्न सक्ने र बडिगाडका चार वडा २,४,५ र ६ वडामा उक्त विरामीको संख्या भेटिएपछि ति वडामा रोगि पहिचानको कार्यक्रम तिब्र पारिएको बडिगाड गाँउपालिकाका हेल्थ असिस्टेन्ट तिल बहादुर केसीले बताए ।

स्वास प्रश्वास माध्यमबाट फैलिने क्षयरोगका विरामि पालिकामा बढ्दै जाँन थालेपछि उनिहरुलाई स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानिमा औषधी सेवन कार्यक्रम र रोग सम्बन्धीको स्वास्थ्य शिक्षा समेत दिन शुरु गरिएको केसीले बताए । 

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा तिब्रगतिमा काम गरेको बडिगाड गाँउपालिकाको वडा नं. २,५,७ र ९ मा ल्याबसमेत संचालन गरेको छ भने वडा नं. ४ मा ल्याब संचालनको तयारीमा छ । जाहाँ बाट क्षयरोग संगै मधुमेह र अन्य विभिन्न स्वास्थ्य परिक्षण समेत गर्न सकिने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्