१५ बैशाख २०८१, शनिबार

गुल्मीमा नयाँ सिडिओ सागरमणि पाठक

गुल्मी । गुल्मीको प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघिका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालको काभ्रेपलान्चोक सरुवा भएपछि पाठक यहाँ आएका हुन् ।

सोमबारदेखि कार्यभार सम्हालेका पाठकले जिल्लाका क्रियाशिल राजनैतिक  दल, संघसंस्था लगायतका सरोकार निकायहरुसंग परिचयात्मक कार्यक्रम र प्रशासनलाई दिनुपर्ने सुझाव माग राख्दै आफ्ना जिम्मेवारी प्रति प्रतिबद्धता जनाए । मंगलबार उनले जिल्लाका क्रियाशिल पत्रकारहरुसंग पनि भेटघाट गरेका छन् । 

निर्माण व्यावसायीहरुले सञ्चालन गरेका अवैध  क्रसर उद्योगका बिषयमा पत्रकारले दिएको सुझावमा उनले आफुले  जिल्ला आउनु अघि मन्त्रालयमै नीतिगत रुपमै सुधारका लागि कुरा राखेका बताए । 

गुल्मीमा हत्या, बलात्कार र आत्माहत्याका घटना बढनुका साथै पछिल्लो समय एकल महिलाहरु असुरक्षित भएको प्रति पत्रकारहरुले ध्यानाकर्षण गराएका थिए । 

केहि दिन अघि ईस्माकी एकल महिलाको हत्याको घटना सेलाउन नपाउँदै मुसिकोट नगरपालिकामा पनि अर्की एकल महिलाको हत्या छ । हत्या भएको तीन दिन बित्दा समेत अपराधी पत्ता लगाउन नसकिएको बिषयप्रति पत्रकारहरुले ध्यानकृष्ट गराएका थिए । 

पत्रकारले उठाएका विषयमा आफनो ध्यानाकर्षण हुने बताउँदै उनले बजार अनुगमन कर्मकाण्डी हुन नदिने तर्फ आफुले कदम चाल्ने बताए । 

यस अघिका प्रजिअ पुण्य विक्रम पौड्यालको कार्यकाल सेवाग्राहीका लागि प्रशनिय रहेको थियो । उनी नेपाल सरकारबाट उत्कृष्ट प्रशासकका रुपमा पुरस्कृत पनि भए । राष्ट्रिय पञ्जीकरण विभागबाट सरुवा भई पाठक ४१ औं प्रमुख जिल्ला अधिकारी हुन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्