१५ बैशाख २०८१, शनिबार

गुल्मी २ एमालेको लालकिल्ला : प्रत्यक्षमा तीनै सिट, समानुपातिकमा पहिलो दल

गुल्मी । गुल्मी २ एमालेको लालकिल्ला बनेको छ । प्रतिनिधी र प्रदेश सभाका तीन सिटमै एमाले विजयी भएको छ । गठबन्धनको घेराकाबिच एमालेले प्रत्यक्ष र समानुपातिकामा आफुलाई अब्बल सावित गरेको छ ।

प्रत्यक्षतर्फको मत परिणामपछि अहिले एमालेले गाउँगाउँमा विजय जुलुस गरिरहेको छ । समानुपातिक तर्फको मतगणना पनि सार्वजनिक भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधी सभातर्फ समानुपातिकमा एमालेले सवैभन्दा बढि मत प्राप्त गरेको छ ।

प्रतिनिधी सभा तर्फको समानुपातिक मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले २५ हजार १ सय ३० मत प्राप्त गरेर पहिलो दल बनेको छ ।

नेपाली काँग्रेसले १८ हजार ४ सय ५१, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार ४ सय ३७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार २ सय ६३ मत प्राप्त गरेको छ । एकिकृत समाजवादीले १ हजार ६ सय ३ मत प्राप्त गरेको छ । क्षेत्र नं २ को प्रदेश सभा तर्फको समानुपातिक मतगणना सुरु भएको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्