गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का गोकर्ण विष्ट विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतान्तरले पराजित गरे ।
आफ्नै पूर्वसहकर्मीलाई पराजित गर्दै जित निकालेका विष्टले २८ हजार ४ सय ७६ मत ल्याए । झाँक्रीले २६ हजार ४ सय ४२ मत पाएकी छन् । विष्ट यसअघि ०५६, ०७० र ०७४ मा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।
को हुन विष्ट ?
गोकर्ण विष्ट नेकपा (एमाले)का केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते जन्मिएका हुन् ।
बिष्टले ०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरेका हुन् । उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै गुल्मी अध्यक्ष बने ।
२०५० सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसचिव र २०५६ सालपछि दुई कार्यकाल अध्यक्ष बने । त्यसपछि एमाले वागमती अञ्चल कमिटीहुँदै केन्द्रीय प्रचार विभाग प्रमुख, संगठन विभाग प्रमुख र युवा संगठनको केन्द्रीय विभाग प्रमुख बने ।
२०६५ सालमा पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएसँगै युवा तथा विद्यार्थी विभाग प्रमुख, बुद्धिजीवी विभागको इञ्चार्जको जिम्मेवारी पाएका उनी २०७१ मा केन्द्रीय सचिव बने । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक धरपकडमा परे ।
बिष्ट ०६८ सालमा चार महिना र ०७४ चैत २ देखि २१ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । निर्वाचित भएपछि क्षेत्र फर्किर काम गर्ने नेपालका बिरलै मध्येका नेता मध्येमा गोकर्ण पर्छन ।
झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् । उनले मतदातालाई धन्यवाद दिंदै बिष्टलाई बधाई समेत दिएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छन, “ज्ञानको हिसावले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु ।”
प्राप्त प्रतिकृयाहरू
यसमा तपाइको मत
सम्बन्धित खबर
-
बागलुङकाे बडिगाड गाँउपालिकामा क्षयरोगिका ३५ बिरामी
-
वडामै योजना सम्झौता पछि उपभोक्ता समितिको पालिका जाने खर्च र समयको बचत
-
निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्दामा दोषी ठहर
-
गुल्मी २ एमालेको लालकिल्ला : प्रत्यक्षमा तीनै सिट, समानुपातिकमा पहिलो दल
-
गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ घाइते
प्रतिक्रिया थप्नुहोस्