वडामै योजना सम्झौता पछि उपभोक्ता समितिको पालिका जाने खर्च र समयको बचत
बागलुङ । बडिगाड गाँउपालिका मार्फत यस आर्थिक वर्षमा बडिगाड २ मा ७ र बार्षिक कार्यक्रम अन्तर्गत ४१ गरि यो पटक ४८ र केहि प्रदेश र संघका योजनामा काम हुदैछ । त्यसैमध्ये एक योजना दनियाँ खेलमैदान व्यवस्थापन बडिगाड २ का मन बहादुर राना अध्यक्ष हुन ।
२ लाखको उक्त योजना सम्झौताको लागि मात्र उनि पालिका जानु परेको भए यातायातमा मात्र ४ सय बढि खर्च हुन्थ्यो । त्यस्तै कुनै कागजात नमिले र पालिकाका कर्मचारी नभेटिए सोहि बराबरको खर्च पुनः गर्नुप्रथ्यो । तर यो पटक उनले सो झन्झट बेहोर्नु परेन । कारण थियो यो पटक वडाले नै योजना सम्झौता र बैंक खाताको लागि वडा मै चाजोे मिलाएको थियो ।
दनियाँ खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर रानाले भने “यति कामको लागि पालिका जानु परेको भए म सहित सचिव कोषाध्यक्षको गाडिभाडा, खाजा खटन पटनले धेरैनै दुख हुन्थयो तर वडामा काम बन्यो खुसी लागेको छ । समयसंगै खर्च बच्यो र काम पनि बन्यो अब योजनाको काम शुरु गर्ने बाटो पनि खुल्यो ।”
यस्तै अघिल्लो पटकमा जस्तै यो पटक जिउनिखोला ट्याङ्कि निमार्ण योजनाको अध्यक्ष रहनुभएकि लक्ष्मी रानाले अघिल्लो पटक प्राविधिकको लागत स्ट्टेमेन्ट नबुझ्दा खर्च बढ्यो । तर यो पटक उनि सो समस्या जिउनिखोला ट्याङ्कि व्यवस्थापन तथा निमार्णमा नहोस भन्ने तवरले काम गर्न चाहानिथन् । त्यसको लागि पनि सोहि समयले सहयोग पुगेको छ ।
उनले योजनाको स्ट्टेटमेन्ट र प्राविधिको सल्लाह अनुशार नै यो पटक काम गर्ने बताईन् । लक्ष्मीले भनिन् “अघिल्लो पटक प्राविधकको कुरा नबुझ्दा जिउनिखोला ट्याङ्कि निर्माण योजनामा काम गर्न मुस्किल भयो, यो पटक त योजना सम्झौतापछि प्रविधिकसंग राम्रो संग बुझेर मात्र काम शुरु गर्ने हो । बरु थोरै काम होस तर प्रविधिककै सल्लाह अनुशार नै काम गर्ने हो ।”
मन बहादुर र लक्ष्मी मात्र हैन आईतबार वडामा सम्झैता भएका २५ योजनाका सबैले वडामा योजना सम्झौताको लागि काम भएकोमा खुसी देखिन्थे । समयसंगै खर्च र काम बनेकोले नै होला उनिहरुको मुहारमा चमक देखिन्थ्यो ।
२५ बाहेकका केहि योजना उपभोक्ता समितिले पालिकामै पुगेर सम्झैता गरेर काम पनि थालिसेका छन । भने वडा कार्यलयले पनि बाँकि रहेका केहि योजनाको सौम्झौताको काम पुष मसान्त सम्म सक्ने र योजनाको काम चैत्र महिना भित्रै सक्ने गरि काम थालेको वडाध्यक्ष ढाल प्रसाद शेरचनले बताए ।
“अघिल्लो पटक पालिकाभर नै बडिगाड २ समयमै सबै योजना पुरा गर्ने पहिलो वडा बनेको थियो । यो पटक पनि हाम्रो योजना त्यहि नै छ । सबै समिति पालिका गएर योजना सम्झौता गर्न ढिलो गरेपछि हामिले वडामै योजना सम्झौताको काम ग¥यौ । वडाध्यक्ष शेरचनले भने यसले उपभोक्ता समितिलाई पनि सहज भयो । योजनाका काम समेत समयमै शुरु भएर समयमै पुरा हुने हाम्रो विश्वास छ ।”
बडिगाड गाँउपालिकाले वडा नं. २ सहित अन्य केहि वडामा पनि वडा मै योजना सम्झौता गरिएको जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्