२६ बैशाख २०८१, बुधबार

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।

आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।

सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले हस्ताक्षर गरेका हुन ।

आइएमई डिजिटल झन्डै २० हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । 

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्