१६ बैशाख २०८१, आइतबार

गोकर्ण बिष्ट : कामले अग्लिएको नाम 

गुल्मी । गोकर्ण विष्ट नेकपा (एमाले)का केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका–४ दोहली बाँझमा २०२२ साल असार १७ गते जन्मिएका हुन् ।

उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । बिष्टले ०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरे । उनले विभिन्न मुद्दामा विभिन्न कारागार र हिरासतमा जीवन बिताएका छन् ।

त्यस्तै ०५० सालसम्म अनेरास्ववियु, सचिवालय र विभिन्न विभाग प्रमुख हुँदै प्ररायुसंघको महासचिव सचिव र ०५६ देखी २ कार्यकाल प्ररायुको अध्यक्ष समेत बने । उनको नेतृत्वमा प्ररायुसंघ थप अनुशासित, जुझारु र सशक्त बन्यो ।

पार्टीको ७ र ८ औँ महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य, ९ औँ महाधिवेशनबाट केन्द्रीय सचिव र विभिन्न मोर्चाका विभाग प्रमुख बिष्ट सक्रिय छन् । उनी ०५६, ०७० र ०७४ सालमा प्रतिनिधी सभामा निर्वाचित भएका छन् । बिष्ट ०६८ सालमा चार महिना मात्रै उर्जामन्त्री बने । 

छोटो समयमै विद्युत चुहावट नियन्त्रण,  लोडसेडिङ न्यूनीकरण, महसुल नतिर्ने कम्पनीको लाइन काट्ने, विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरेर सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात, माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गार्ड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्ये भोटेकोशी लगायतका आयोजनाको काम तीब्र रुपमा अगाडी बढ्यो ।

पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट, १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिस्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण गरेर बिष्टले पार्टी र जनता माझमा लोकप्रियता बटुले ।

०७२ सालको विनाशकारी भूकम्पपछि नेकपा (एमाले)ले सञ्चालन गरेकोे एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर हजारौं स्वयंसेवकको नेतृत्व गर्दै उद्दार राहत र पुननिर्माणको बिष्टको योगदान अविस्मरणीय रहेको छ । उनी ०७४ चैत २ देखि २१ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । 

सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु, अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउँदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता गरेर अर्को चमत्कारिक काम र कार्यभार पुरा गरे ।

गुल्मी विकासमा अब्बल

निर्वाचित भएपछि क्षेत्र फर्किर काम गर्ने नेपालका बिरलै मध्येका नेता मध्ये गोकर्ण पनि हुन् । ०५६ देखि निर्वाचनमा भिडेपनि बिष्टले करिब १२ बर्ष मात्रै संसद र छोटो अवधी मन्त्री भएका छन् । विकासमा शुन्य निर्वाचन क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गुल्मी–२ मा भएका छन् ।

उनी सांसद बन्नभन्दा पहिले गाउँमा सडक सञ्जाल थिएनन् । घाँसको गाँज समातेर हिड्नुपर्ने गाउँमा अहिले अर्बौको मदन भण्डारी राजमार्गसहित प्रत्येक बस्तीमा मोटरबाटाहरु निर्माण भएका छन् । 

तत्काल कालोपत्रे गर्ने अवस्थामा रहेका सडक मात्रै क्षेत्र नं २ मा सात वटा छन् । यो अवधीमा १ सय ४५ वटा सडक योजनामा १५ अर्ब बढि रकम खर्च भएको छ । सडक नभएको ठाउँमा पुल बन्ने सम्भावना नै थिएन । बर्षा बढि भए गाडी र मान्छे खोला तर्ने उपाय थिएनन् ।

गोकर्ण बिष्टले निर्वाचन क्षेत्रमा ५९ वटा पक्की पुल र ४९ वटा आकासे तथा झोलुङे पुलका योजना समावेश गरेका छन् । जसका ९० करोड बढि रकम खर्च भएको गोकर्ण बिष्टको सचिवालयले जनाएको छ । बिष्ट निर्वाचित हुनभन्दा पहिले गाउँमा टाउको दुखे सिटामोल पाउने अवस्था थिएन ।

अहिले गाउँगाउँमा ३१ वटा आधुनिक संरचनासहितका स्वास्थ्य चौकी भवन, एक पालिका एक १५ शय्याको अस्पतालसहित अत्याधुनिक सुविधासहितको सय शय्याको गुल्मी अस्पतालको निर्माण भईरहेको छ । यी संरचनाको लागि दुई अर्ब ३० करोड खर्च भएको छ ।

क्षेत्र नं २ मा घाम अस्ताएपछि टुकी र देलोले बालेर खाना खाने अवस्था थियो । अहिले बिजुली नपुगेको ठाउँ छैनन् । निर्वाचन क्षेत्रका नागरिकले मात्रै होइन हरेक साँझ बत्ति बाल्ने बेला गोकर्ण बिष्टलाई सम्झिने अवस्था उनको कामले बनाएको छ । 

गुल्मी–२ मा बिद्युतको गुणस्तरीयताकै लागि १३२ केभिएको राष्ट्रिय ट्रान्समिसन लाइनको काम तिव्र रुपमा अगाडी बढिरहेको छ । अहिलेसम्म १३२, ३३ र ११ केभिए र ग्रामिण बिद्युतीकरणको लागि गुल्मीमा ५ अर्ब ८२ करोड खर्च भएको छ ।

१० करोडमा गाउँ–गाउँमा काठका पोलहरु विस्थापन गरेर स्टिल पोल बिस्तारको काम भइरहेको छ । क्षेत्र २ का नागरिकको अर्को ठुलो समस्या खानेपानी हो । खानेपानी नपाएर कैयाँ बस्ती काकाकुलकै जुग बिताए ।

कामनै भएन र काम नदेखेर राजनैतिक पुर्वाग्रहीहरुलाई खोज गर्ने गरेरै खानेपानीमा विकास भएको छ । अर्बौ खर्च गरेर १ सय ६७ वटा खानेपानी योजनाका काम गुल्मी २ मा भएका छन् ।

संघ र पछिल्लो समय स्थानीय सरकारहरुसंगको समन्यमा निर्वाचन क्षेत्रका साढे १५ हजार घरमा एक घर एक धारा निर्माण हुनु सामान्य कुरा होइन् । करोडौको अत्याधुनिक किरण पुस्तकालय, लखनथापा खेल मैदानसंगै धुर्कोट, मुसिकोट, इस्माकोटसहितका १ सय १० वटा पुरात्वातिक संरचना निर्माणमा करोडौ खर्च भएको छ । 

२ सय २० भन्दा बढि सिंचाईका साना–ठुला योजना, ३० वटा गाविस भवन, २ सय ५९ शौचालय र खानेपानसतिका बिद्यालय, युडब्लुएस मार्फत १८ अंग्रेजी बिद्यालय, जिवराज बहुप्राविधिक शिक्षालय, सवै पालिकामा आद्योगिक ग्रामको स्थापना र गर्जुरा पार्क तथा कंकेदेउरालीसहितका पर्यटकीय स्थानमा संरचना निर्माणको लागि अर्बौको काम पूर्वमन्त्री बिष्टको पहलमा भएका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्