२६ बैशाख २०८१, बुधबार

यू–१९ क्रिकेट : अभ्यास गर्दै नेपाली युवा टिम

नेपाली यू–१९ क्रिकेट टिमले मलेसियामा आगामी शुक्रबारबाट सुरु हुने आइसिसी यू–१९ विश्वकपको एसिया छनोटको अभ्यास सुरु गरेको छ । प्रतियोगिताका लागि मलेसियामा पुगेको नेपाली टिमले त्यहाँको मौसममा आफूलाई अभ्यस्त गराउन सोमबारबाट अभ्यास सुरु गरेको हो ।

भारतमा अभ्यास
नेपाली यू–१९ क्रिकेट टिमले भारतमा दुई साताअघि अभ्यास खेल खेल्यो । आन्द्र प्रदेशमा ६ अभ्यास खेलपछि नेपाली टिम स्वदेश फर्किएर शनिबार मलेसिया प्रस्थान गरेको थियो । आयोजक मलेसियाले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यू–१९ एसियन छनोटमा नेपाल दाबेदार रूपमा रहेको छ । प्रशिक्षक विनोद दासले नेपाली युवा टिमले छनोटका लागि नै प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनले भने, ‘हामीले प्रतियोगिताका लागि नै भनेर तयारी गर्दै आएका छौँ । सिनियर टिममा समेत राम्रो प्रदर्शन गरिसकेका अनुभवी खेलाडी भएकाले आगामी वर्ष दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा स्थान बनाउने हाम्रो लक्ष्य हुनेछ ।’

कप्तानलाई चुनौती
पहिलोपटक आफ्नो कप्तानीमा रहेको युवा टिमलाई विश्वकपमा छनोट गराउनुपर्ने चुनौती रोहितकुमार पौडेलसामु छ । कप्तान पौडेलले पनि नेपाली टिमले छनोटमा स्थान बनाउनेमा विश्वास दिलाए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्