तुलसी खाँदा के फाइदा हुन्छ ?
काठमाडौं । तुलसीको धार्मिक महत्व रहेको छ। धार्मिक दर्ष्टिकोणले यसलाई भगवान् विष्णुको स्वरुपमा लिइन्छ। यसका साथै यसलाई औषधिका रुपमा पनि खाने गरिन्छ।
तुलसी यस्तो बिरुवा हो जुन हरेकको घरमा सजिलै पाइन्छ। तुलसीलाई पवित्र पनि मानिन्छ। घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। तुलसीमा हुने औषधीय गुणका कारण आयुर्वेदिक र प्राकृतिक चिकित्सा अस्पतालमा जडिबुटी बनाउन पनि यसको प्रयोग गरिन्छ।
यसमा एन्टी ब्याक्टेरियल तत्व हुने भएकाले घाउ तथा चोटपटक लाग्दा यसको प्रयोग गरेमा चाँडै निको हुन्छ। औषधीय गुणले भरिपूर्ण तुलसी बढी पूजापाठमा प्रयोग गरिन्छ।
विज्ञहरुका अनुसार नियमित तुलसी सेवन गर्दा छाला, पाचन र रोग प्रतिरोधक क्षमता निको पार्न सकिन्छ। यसका साथै तनावबाट पनि मु्क्त पाउन सकिन्छ।
एक अनुसन्धानका अनुसार तौल घटाउनका लागि तुलसीको पानी प्रयोग गर्न सकिने जनाएको छ। यसको प्रयोगले रुघाखोकी पनि हटाउन सकिन्छ ।
विज्ञका अनुसार तुलसी प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। नियमित दुई वा तीन वटा तुलसीको पात खाली पेटमा खाँदा स्वास्थ्यलाई फाइदाजनक हुन्छ।
उच्च रक्तचापको समस्या भएकाहरुले तुलसीको सेवन गर्नुपर्छ। यसमा पोटासियम पाइन्छ जसले रक्तचापको समस्या सन्तुलनमा सहयोग गर्छ। यसको पातबाट चिया बनाउन सकिन्छ।











प्रतिक्रिया थप्नुहोस्