२७ बैशाख २०८१, बिहीबार

गुल्मी जीप दुर्घटना : अर्घाखाँचीका पाण्डेको मृत्यु, ४ को अवस्था गम्भिर [अपडेट]

गुल्मी । जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ गौँडाकोटमा आज साँझ भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । भने चार जनाको अवस्था गम्भिर रहेको छ । रिडिबाट तम्घासतर्फ जाँदै गरेको लु २ च ५४७५ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ का ४६ वर्षीय हरिप्रसाद पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जानकारी दिए । 

दुर्घटनामा परी गम्भिर घाईते पाण्डेलाई उपचार गर्न पाल्पातर्फ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका गाडी चालक अर्घाखाँची छत्रदेव गाउँपालिका ७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेय, रेसुङ्गा नगरपालिका ३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका १२ का शेर बहादुर बिकको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्