२९ बैशाख २०८१, शनिबार

गुल्मीमा निजामति सेवा दिवस : खेलकुददेखि सम्मानसम्म

गुल्मी । गुल्मीमा विभिन्न कार्यक्रम गरेर निजामति सेवा दिवस मनाइएको छ । ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ यो बर्षको नारा रहेको थियो । निजामती सेवा दिवस मूल समारोह समिति गुल्मीको भदौ ११ गतेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो । दिवसकै अवसरमा सरसफाई, खेलकुद प्रतियोगीता, सेवारत कर्मचारी मध्येबाट सबैभन्दा बढी राष्ट्रसेवा गरेका कर्मचारीलाई दिर्घसेवा सम्मान र सेवा निवृत्त निजामती कर्मचारी मध्येबाट सबैभन्दा जेष्ठ कर्मचारीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

राष्ट्रसेवक महिला कर्मचारीबीचको म्यूजिकल चेयर प्रतियोगिताको प्रथम जिल्ला हुलाक कार्यालयमा कार्यरत जयन्ती पाण्डे र द्धितिय कोष तथा लेखा नियन्त्रणको कार्यालयकी लेखापाल सीता भण्डारी भएको मुल आयोजक समितिले जनाएको छ ।

त्यस्तै निजामती कर्मचारीहरुबीचको व्याडमिन्टन प्रतियोगितामा जिल्ला प्रशासन कार्यालयका जयश्वर पन्थी र गुल्मी अस्पतालका हुम बहादुर पल्ली प्रथम भएका छन् । मदन भण्डारी राजमार्गका चर्तुभुज पन्थी र सुनित केसी द्धितिय भएका छन् । जिल्ला प्रशासन कार्यालयका कृष्ण पन्थी र वन डिभिजन कार्यालयका नविन पन्थी, चन्द्रकोट गाउँपालिकाका शिव बस्नेत र सुन्तला जोनका कृष्ण प्रसाद भण्डारी तृतिय भएका छन् ।

राष्ट्रसेवक कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटवल खेल भएको थियो । दिवसकै अवसरमा सेवा निवृत्त कर्मचारीहरुमध्ये सबैभन्दा जेष्ठ निजामती कर्मचारी रेनपा वडा १ का ८९ बर्षीय केशर बहादुर थापा र सेवारत निजामती कर्मचारीहरु मध्ये सबैभन्दा बढी राष्ट्रसेवा गर्ने मालपोत कार्यालय तम्घास गुल्मीका कार्यालय सहयोगी मान प्रसाद सुवेदीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । यस्तै इस्मा गाउँपालिका ३ का रेशम कुमाललाई शैक्षिक सामग्री, पोशाक र खाजा रकम वितरण गरिएको छ । उनलाई नेपाल सरकारको एक विद्यार्थी भर्ना अभियान अन्तर्गत ट्रेड युनियन गुल्मीले गत वर्ष अभिभावकत्व लिएको थियो । 

त्यस्तै मालिका गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय साक्षरता, निजामति तथा शिक्षा दिवस सम्पन्न भएको छ । बिद्यालयको विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीलाई सम्मान, एसइइ परिक्षामा गाउँपालिकामा उत्कृष्ट हुने बिद्यार्थीलाई सम्मान, बिद्यार्थीद्धारा मार्च पास, सेवा निवृत शिक्षक र शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले निजामति सेवा र शिक्षा क्षेत्रको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्