१७ बैशाख २०८१, सोमबार

आज नयाँ वर्ष, घरमा गर्नुहोस् यी ५ परिवर्तन, हुनेछ लक्ष्मीको बास !

आज सोमबार विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सोमबार सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन हाे ।

वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । यसकारण वर्षको पहिलो दिनमा विभिन्न परिवर्तन गर्नुपर्ने बताइन्छ। नयाँ वर्षको दिन घरमा गरिने विभिन्न परिवर्तनले अनेक लाभ दिलाउने धार्मिक विश्वास रहिआएको छ। धार्मिक विश्वासका आधारमा नयाँ वर्षको दिन निम्न कार्य गर्न सकिन्छ।

– भित्ता भत्किएको, प्वाल भएको, जालो, बिग्रिएको झ्यालहरुले हाम्रो मनलाई प्रतिविम्बित गर्ने गर्दछ । त्यसैले सबैभन्दा पहिले यस्ता समस्याहरुलाई मर्मत गर्न जरुरी रहेको छ । सामर्थ्यको अनुसार घरमा रङरोगन गराउनुहोस् । यदि बच्चाको शिक्षा, बुद्धिमानी, युवावस्थाको विकासलाई राम्रो राख्न चाहानुहुन्छ भने पूर्व दिशालाई ठिक राख्न अति आवश्यक छ । यस दिशामा ईन्द्रको प्रभाव रहने गर्दछ । यस दिशामा मेष र वृष राशि तथा शुक्रको प्रभाव हुने गर्दछ । बच्चाको सुत्ने कोठालाई इन्द्रको प्रवाभमा राख्न चाहनुहुन्छ भने ईन्द्रसँग जोडिएको कुरा जस्तै हात्ती, हिरा, क्रिस्टल या सेतो रङको घोडा राख्नुहोस् ।

–भान्सा घरको विशेष भाग हो । त्यसैले आग्नेय दिशा (पूर्व–दक्षिणको कुना) लाई सुधार्नुहोस् । यस दिशामा प्रज्वलित अग्निको तस्वीर, मंगल चिन्ह, मैनबत्ती या अग्नि तत्वको प्रतिक त्रिकोण आकृति लगाउनुहोस् । यस दिशामा रातो ,पहेलो र सुन्तला रङको प्रयोग गर्नुहोस् । अनिन्द्रा, छट्पटी र विमारीबाट ग्रषित हुनुहुन्छ भने दक्षिण दिशालाई सुधार्नुहोस् । दक्षिण दिशालाई सुधार्नको लागि भित्तामा गाई या गोरुको चित्र राख्नुहोस ।

– निन्द्राको समस्या, भूत प्रेतको डर अथवा नराम्रो सपना आउँछ भने नैऋत्य दिशा अर्थात् दक्षिण पश्चिमको कुनालाई मर्मत गर्नुहोस् । यो शनि ग्रह तथा भूमि तत्वसँग जोडिएको स्थान हो । यसमा भान्सा या मुख्यद्वार नबनाउनुहोस् । यस स्थानलाई शुभ बनाउनको लागि बैंगनी रङको ठुलो बिरालो या सिंहको तस्विर राख्नुहोस । शुक्र शयनकक्षसँग जोडिएको ग्रह हो, त्यसैले यसमा गुलाबी र हल्का हरियो रङको प्रयोग गर्नुहोस् ।

–टाढाको सम्बन्ध सुधारको लागि वायव्य कोण (उत्तर–पश्चिम) लाई ठिक गर्नुहोस् । चन्द्रमा यस स्थानको कारक मानिन्छ । यहाँ कुनै पनि चिज स्थिर रहने गर्दैन । त्यसैले यसमा बाथरूम या गेस्ट रूम बनाउनुहोस् । र यहाँ अर्धचन्द्राकार चन्द्रको फोटो राख्नुहोस् । लाभदायी वार्तालापको लागि यस दिशामा टेलिफोन र मोबाइल राख्नुहोस् । हल्का सिल्वर अर्थात् चाँदी रङ यस स्थानमा निकै राम्रो हुनेछ ।

– स्वास्थ्य ठिक नहुने र धनको समस्या हुने गर्दछ भने उत्तर दिशामा ध्यान दिने गर्नुहोस् । यस स्थानमा कुबेर तथा बृहस्पतिको प्रभाव रहने गर्दछ । यहाँ स्टोर, लाइब्रेरी,अफिस र अमुल्य सामान राख्नको लागि उत्तम स्थान हो । यहाँ आफ्नो पुर्खाहरूको तस्विर नराख्नुहोस् । बृहस्पतिलाई खुशी राख्नको लागि पहेलो रङको प्रयोग गर्नुहोस् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्