१५ बैशाख २०८१, शनिबार

युवा : नेताका गुण्डा कि समृद्धिको संवाहक ?

कामरेड अभिवादन । दाई जय नेपाल । नेता ज्यूको अघिपछि लुतपुत युवा । नेताका भीडमा उभिएर, मञ्च कोखमा सेल्फी खिचेपछि साँझ शेयर गरेर निदाउँछ बिचरा बुबुरो युवा अचेल ।

केन्द्रिय नेतालाई मरिहत्ते गर्ने उ । जिल्ला आउँदैछन भन्ने सुन्न र देख्न हुँदैन । सुनेको सुनाउँदै हिड्छ । लेखेको शेयर गर्दै... । नेता आउने त्यो एक दिन कुर्न उसलाई बर्ष दिन जस्तो लाग्छ । आउने त्यो दिन नजिक पुग्न आतुर उ । उसलाई नेताले हेरे पुग्छ । अभिभावदन कामरेड, दाइ जय नेपाल...

नेताको कोख उसको स्वाभिमान हो । त्यसैले उसको काम भीडमा अरुलाई छेकेर, नेताको रखबारी गर्दै मञ्चसम्म पु¥याउनु, कार्यक्रम सकिएपछि फेरि बसपार्क र एयरपोर्ट छोडनु ।

बेलुका उसंग आउँदा नेताको स्वागतमा उभिएको र बिदाईमा खिचिएका तस्विर मात्रै बाँकी रहन्छन् । सुत्नेबेला फेसबुकमा पोस्टाएर स्वाभिमान पोख्छ । त्यो युवा स्वाभिमान कि बडिगाडी संस्कार... ?

डियर युवा तिमिले अहिलेसम्म उसको ज्यान मात्रै जोगाएनौ, मत पनि जोगाएर सरकार र सत्तामा पु¥यायौ । तर उ व्यवस्थित बन्यो, तिमी अझै अनमत्त छौ । परिस्थितिले  ५० डिग्रीको कतार र साउदी पु¥यायो । अझै कुरा बुझेनौ त्यसैले परदेशबाट अभिवादन, जय नेपाल र लालसलाम गरिरहेका छौ ।

डियर युवा कहिलेसम्म नेताको नजिक बन्न ऋण खोजेर सेन्ट छर्किने ? समृद्धि कतिन्जेल पर्खिने ? तिम्रा आँखा पनि अब त्यो नेता र त्यही पार्टी बाहेक घरका बा पनि नराम्रो देख्ने बनिसकेका छन् ।

राम्रो सोच्न त कहिल्यै पाएनौ । गाउँमा उसैको गार्ड बन्यौ, उसकै लागि कुटाइ खायौ । दैनिक त्यही पार्टी र नेताको स्टाटस लेखेर दिन कटाएका छौ । उनकै चाकरीका समाचार छापेर ओत र पद थामेका छौ । उसलाई गुन लगाउँदा लगाउँदै तिम्रो नुन रित्तियो ।

डियर युवा तिमिले अहिलेसम्म उसको ज्यान मात्रै जोगाएनौ, मत पनि जोगाएर सरकार र सत्तामा पु¥यायौ । तर उ व्यवस्थित बन्यो, तिमी अझै अनमत्त छौ । परिस्थितिले  ५० डिग्रीको कतार र साउदी पु¥यायो । अझै कुरा बुझेनौ त्यसैले परदेशबाट अभिवादन, जय नेपाल र लालसलाम गरिरहेका छौ ।

गाउँमा रोग पालेर काल पर्खिए बा–आमा त्यागेर । मुरीकामुरी अन्न फल्ने खेत र बारीमा दुम्पाती उमारेर । रोगी बा–आमा र घरले तिमीलाई खोजेको छ । तर, तिमी नेताको नजिक उभिएको तस्विरलाई स्वाभिमान सम्झिएर कति समय झोले, गार्ड र गुण्डा बन्छौ ।

अब बडिगाड बनेर कति नेता बनाएँ होइन । युवाका लागि कति उद्योग खुले, कहिलेसम्म साउदी जाने, कहिलेसम्म अस्तालबाट उपचारको लागि भिख माग्ने ? सोध तिम्रा बडे काम्रेड र जय नेपाल दाइलाई ।

डियर युवाहरु ! अब छोड यार उसका लागि ढुङ्गा हानेर सरकारी सरचना भत्काउन, प्रहरी र आफ्नै टाउको फोर्न । तिमी दिनभर दल र नेताको पछि कुँददा धुलो र थकान मेट्न चिरिप्प पार्न साँझ कुर्न नसक्ने भएका छौ । चिरप्प पार्न आफै सक्छौ कि कामरेड र जय नेपाल दाईको खल्ती कुर्नुपर्छ ? अब त उनैले खुवाउँछन, किनकी चुनाव सुरु भयो ।

अब बाले भनेको ठाउँमा भोट दिने जमाना गए । अब छोराले बा कन्भिन्स गरौँ र भनौँ बा समृद्धि युवा सोंच र योजनाबाट हुन्छ । अब पनि गुटका प्रचार नगर । कतिसम्म आफ्ना नेताले पादेको पनि बसाउँछ भन्छौ ।

हेक्का राख यो दैनिकीले चुनावपछि जँड्याहा बनौला । जब बानीमा पर्छौ नि तिमीलाई जाँड र ती मान्छे नभई हुँदैन, उनलाई तिमी चाहिँदैनौ । उ जँड्याहा आयो । भाग–भाग, सिसा लगा ।

तिम्रो दौडले तिमी घरमा नफर्कने बानीमा परेका हुन्छौ । किनकी बा–आमा, परिवार अहिले चाहिँदैन् । जब उमेर ढल्किन्छ, ऋणले पसिना खल्किन्छ । त्यतिबेला गाउँमा रोजगारी हुँदैन, भकारीमा अन्न, नेता र आफन्त हुँदैनन् । आज एक पार्टीमा प्रवेश ग¥यो, भोली अर्कोमा । कतैबाट उपाय हुँदैन ।

न बा–आमा बलिया, न पौरख र परिवार । उभिएको जमिन पनि बिरानो लाग्छ । अनि पासपोर्ट बनाएर परदेश पस्यो । उमेर, बल अरु कसैको लागि स्वदेशमा खर्चिकाले आफ्नो लागि केहि भएन । उमेर ढल्किएपछि परदेश पसेर, खुसीभन्दा मृगौला फेल गरेर गाउँ फर्किए हाल के होला ? 

त्यसैले युवाहरु समालोचना गरौँ युवा नेतृत्व खोजौँ । नेतासंग चाकडी र पार्टी होइन समृद्धिका योजना संकल्प खोजौँ । घर बाराबार र मारामार होइन युवा–युवा मिलौँ र युवा नेतृत्वलाई अगाडी बढाऔँ ।

अब बाले भनेको ठाउँमा भोट दिने जमाना गए । अब छोराले बा कन्भिन्स गरौँ र भनौँ बा समृद्धि युवा सोंच र योजनाबाट हुन्छ । अब दलगत मनोदशा बोकेर बुढा नेताको कोटको लफेरो समातेर युवाको उर्जा र जाँगर मर्न दिनुहुन्न । अब पनि गुटका प्रचार नगर । कतिसम्म आफ्ना नेताले पादेको पनि बसाउँछ भन्छौ ।

सामाजिक सञ्जालमा असल अभ्यास र सोंचको बहस गरौँ । दलभन्दा भन्दै युवा ढल भए । युवा परिवर्तनको संवाहक की रेमिट्यान्सको ? आत्मसमिक्षा गरौँ । अब पनि भरिया बने खरियाले सराप्छ । अब निधारमा निराशाका गाँठाहरु भरेर अरुकै लागि यो पार्टी र उ पार्टी छोडौँ । समृद्धि युवा सोँच, योजना र बलमा छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्