२८ बैशाख २०८१, शुक्रबार

माक्सले नछोपेको लाज र नाक !

हेल्लो ! साहु जी माक्स लगाउनुस्, माक्स । उनी खिस्स हाँसे । त्यसपछि दारीमा लत्रेको माक्स तानेर नाक र लाज ढोपे । सायद उनले आज प्रहरीको साइरनको हेक्का गरेनन् । 

अचेल बजारका साहु जी र बुद्धिजिवीहरुलाई माक्स लगाउन प्रहरी वा प्रहरीको साइरन बज्नुपर्ने बानी परेको छ । बिहिबार बिहान बजारमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा माक्स खोइ ? अभियान मार्फत बजार परिक्रमा गरियो । सचेत नागरिकनै अचेत छन् । आलिशान भवनमा भव्य व्यवसाय गरेका साहु जीले माक्स लगाउँदैनन् । 

माक्स फेर्न महिना दिन कुर्छन् । उनकै पसलमा सामाजिक दुरी र मुल्य सुची छैन् । माक्स खोइ व्यानर बोकेर पसल अगाडी पुगेपछि कँलेटी परेको माक्स बल्ल बल्ल मुखमा पु¥याउँछन् । 

बजारमा व्यवसाय थुप्रैले गरेका छन् । सामान्य व्यवसायीभन्दा ठुलै व्यावसायी अटेरी किन बनेका होलान ? कर्मचारी त्यस्तै छन् । नेता, जनप्रतिनिधी र अगुवाहरुनै आर्दश गर्न लायक बनेनन् । 

प्रहरीले बर्दी खोलेपछि कर्तव्य बिर्सने । पत्रकारले नैतिकता । कर्भड हलमा माल बानेर उफ्रनेहरुले चोक र गल्लीहरुमा प्रहरी र प्रशासनलाई गाली गर्नुलाई कर्तव्य सम्झेका छन् । 

दैनिक ४/५ वटा हेलिकप्टरले मान्छे ओसारेको कति छिटो बिर्सिएका छौ । ठुलै अस्पताल पुगेकाहरु । हेलिकप्टरमा उडेकाहरु पनि नफर्किएको भुलेका छौ । तीज आउँदैछ । दशै र तिहार आउँदैछ । 

कोरानाले गुमेका बा–आमा, दाजुभाई र दिदिबहिनीहरुको परिवारको कल्पना गरौ कस्तो होला । गुमेका बा–आमा र दाजुभाई र दिदि बहिनी अब फर्किदैनन् । 

तर, त्यहि पापी काल (कोरोना) फर्किको छ । हाम्रो प्रवृत्ति फेरिएको छैन् । त्यसैले त्यहि दिनको लागि प्रहरीको साइरन कुरेर माक्स र पसलका सटर लगाउँछौ ।

हाइलक्समा सयर गर्नेहरुले पनि माक्स र सेनिटाइरको लागि सरकार कुरेका छन् । दिन दुई गुणा कोराना घर–घरमा भित्रिएको छ । त्यसैले सुरक्षा सर्तकता मेरै लागि हो भनेर बुझौँ । स्थानीय सरकारले खोप र परिक्षणको दायरा बढाउनुपर्छ । लकडाउन सवै विकल्प होइन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्