१५ बैशाख २०८१, शनिबार

आफ्ना एजेण्डा सुनाउँदै मत माग्दै ‘आक्रोश’

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं–७ मा स्वतन्त्र उम्मेदवार बनेका हेमबहादुर ढुंगेल (आक्रोश) घरदैलो कार्यक्रममा व्यस्त छन् । ‘छत्रेटोपी’ चुनाव चिन्ह् लिएर चुनावमा होमिएका उनले आफ्ना एजेण्डा मतदातालाई सुनाउँदै मत मागिरहेका छन् ।

मूलधारका दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै उनले सुविधासम्पन्न अस्पताल निर्माण, शुद्ध खानेपानी, गुणस्तर एवम् सीपमूलक शिक्षाको व्यवस्था गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्नेलगायतका आफ्ना एजेण्डा मतदातालाई सुनाउने गरेका छन् ।

यस्तै उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा भत्ता घर÷घरमा पु¥याउने, फोरजीसहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउने, शिक्षा–स्वास्थ्यको क्षेत्रमा विशेष पहल गर्नेलगायत १० वटै वडामा सुरु भएर अधुरा रहेका महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिनेलगायतका आफ्ना एजेण्डा रहेको ढुंगेलले बताए ।

‘अबको आशा, युवाको भरोसा’ नारा लिएर चुनावी मैदानमा उत्रिएका ढुंगेल देश विकास गर्न पहिले राजनीतिक फोहोर सफा गर्नुपर्ने तर्क गर्छन । उनले भने, “हाम्रो देशमा जबसम्म सत्तामोहको राजनीति चलिरहन्छ, तबसम्म विभिन्न विकराल रुपमा रहेका समस्या ज्यूँका त्यूँ रहिन्छन् भने विकास र समृद्धिमा लगानी गर्नुपर्ने रकम नेताको गोजीमा गइरहन्छ । यी र यस्तै समस्याको समाधानका लागि पनि यसपटक मतदाताहरुले मलाई मत दिनुहुनेछ ।” 

आफ्नो पक्षमा राम्रो माहोल बनिरहेको बताउँदै उनले काठमाडौं–७ का केही स्वतन्त्र उम्मेदवारले समेत आफूलाई साथ दिने दाबी गरे । काठमाडौं–७ १३ दल र १६ स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्