१९ असोज २०८१, शनिबार

लघुवित्त संस्थासंग सहकार्य गरेर काम गर्न मुसिकोट तयार छ – खरेल

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिकाका प्रमुख जिवन खरेलले लघुवित्त संस्थासंग सहकार्य गरेर काम गर्न मुसिकोट नगरपालिका तयार रहेको बताएका छन ।

आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था वामी शाखाको आयोजनामा भएको केन्द्र प्रमुख तथा उप–प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खरेलले सो कुरा बताएका हुन ।

नगर प्रमुख खरेलले नगरबासीलाई आयआर्जन र उद्यमशिलतामा जोड्न नगरले पनि विभिन्न योजना लिएको समेत सुनाए । साथै उनले साना उद्यमीको व्यवसाय र उनिहरुको आय आर्जन विद्र्धिमा समेत सिवाईसीले  उल्लेख्य भुमिका खेलेको भन्दै संस्थामा आबद्ध सबै उत्पादन संग जोडिन आग्रह गरे ।

यस्तै बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले माईतिको रुपमा सिवाईसी हरेक महिला सदस्यको घरमा पुगेको भन्दै महिलाका क्षमता, उर्जा र जागरको उचित मुल्याङ्कन गरि उनिहरुलाई मालिक बनाउने काम संस्थाले गरेको बताईन् । 

नेपालका राजनैतिक दल र परिवारका सदस्यले समेत महिलालाई सम्मान दिन नसकिरहेको र पैसाकै कारण मरिच जस्तै खुम्चिन पुगेका महिलाको नेतृत्व विकासमा पनि सिवाईसीले गरेका काम प्रसंशनिय रहेको उनले बताईन् ।

सोहि अबसरमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रबन्ध निर्देशन डोलेन्द्र प्रसाद शर्माले संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग सदस्यले नगरिदिदाँ वित्तीय संस्थामा पनि ठगिको झुठा आरोप लाग्ने गरेको बताए ।

भने सोहि अबसरमा संस्थाकि सदस्य धनकली कुमालको निधनमा किरिया खर्च १५ हजार सहित धनकलीले लगेको १ लाख कर्जाको सम्पुर्ण रकम समेत मिनाह गरिएको थियो । 

यस्तै विभिन्न विधामा सदस्य र केन्द्रलाई पुरस्कृत तथा सम्मान गरिनुका साथै पालिका चुनाव २०७९ मा निवार्चित संस्थाका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय