१९ असोज २०८१, शनिबार

गजल

बिर्सन नसकेर सम्झेको पो कहाँ हो र ?
निदाउन नचाहेर व्यूँझेको पो कहाँ हो र ?

मालचरीझैं लहरमा आउँछन् जान्छन् यादहरू
तरङ्ग नटुटेर अल्झेको पो कहाँ हो र ?

किराको लोभले बल्छी खाइरहेको माछोझैं
परिवेश नबुझेर बल्झेको पो कहाँ हो र ?

अरूलाई आफूझैं ठान्नु दीर्घ रोग नै हो मेरो
ओखती नपाएर उल्झेको पो कहाँ हो र ?

मन न हो उब्जाउँछ प्रश्नहरू तरह तरहका
सुल्झाउन नजानेर सुल्झेको पो कहाँ हो र ?      

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय