जानकी साहित्य पुरस्कार कवि रुद्र ज्ञवालीलाई
गुल्मी । जानकी साहित्य पुरस्कार कवि तथा आख्यानकार रुद्र ज्ञवालीलाई प्रदान गरिने भएको छ । किरण पुस्तकालय तम्घासको निर्णय अनुसार रुरुक्षेत्र गाउँपालिका–२, कोलौदी ज्ञवालीलाई पुरस्कारका लागि छनौट गरिएको किरण पुस्तकालयका उपाध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक तथा दीन पन्थीले जानकारी दिए ।
पुस्कालयले प्रेस विज्ञप्तिमार्फत पुरस्कार आगामी मोति जयन्तीका दिन प्रदान गर्ने जनाएको छ । ०२० साल कार्तिक १ गते जन्मिएका कवि ज्ञवालीका निर्वासन (कथा संग्रह) ०५८, समीक्षा (संयुक्त गीति एल्वम) २०५९, सपना फल्ने रातहरु (गजल संग्रह)–०६१, विवरुका कथाहरु (कथा संग्रह)–२०६६, पात्रहरु (कथा संग्रह)–२०७२ प्रकाशित छन् ।
ज्ञवाली शिद्धहस्त छन्द कविको रुपमा चर्चित छन् । स्वर्गीय जानकी ज्ञवाली साहित्यमा रुची राख्ने भएकाले परिवार कोष स्थापना गरेर कवि तथा साहित्यकारहरुलाई पुरस्कृत गरिने गरिएको छ ।
पुस्तकालयले ०७३ सालदेखि साहित्य क्षेत्रमा कलम चलाउने विभिन्न व्यक्तिहरुलाई जानकी साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।
जानकी ज्ञवाली गौतमको ०७३ साल मंसिर १२ गतेका दिन ३९ वर्षको उमेरमा निधन भएको थियो । दिवंगत ज्ञवालीको साहित्यिक रुची र स्मृतिका लागि पुरस्कारको स्थापना गरिएको श्रीमान शंकरप्रसाद गौतमले जानकारी दिए ।
प्रतिक्रिया थप्नुहोस्