१९ असोज २०८१, शनिबार

‘सुन्दरता मुहारमा होइन मन र व्यवहारमा हुन्छ’

  • बारम्बार कसैलाई आफ्नो याद दिलाउन राम्रो हुँदैन, यदि महत्व हुन्छ भने मान्छे आफै याद गर्नेछन् ।
  • कसैको बाध्यता र उदासीनतामा कहिल्यै पनि नहास्नु, के थाहा कोही व्यक्ति आफूभित्र कस्तो पीडा लिएर आफ्नो जिन्दगी जिईहेको रहेको छ।
  • जोसँग लक्ष्य हुन्छ, उनीहरुसँग बहाना हुँदैनन् ।
  • तपाईंको मनसायय राम्रो हुन्छ भने तपाईंले कसैलाई गुमाउनुहुन्न, बस मानिसहरु तपाईंलाई गुमाउँछन् ।
  • जो चिज हाम्रो हातमा हुँदैन, उसको विषयमा चिन्ता गरेर केही फाइदा छैन ।
  • असन्तोषको उमेर यदि कम हुन्छ भने सम्बन्धहरु धेरै टाढासम्म जान्छन ।
  • रिस धेरै चतुर हुन्छ, अक्सर आफूभन्दा कमजोर व्यक्ति माथि नै निस्किन्छ ।
  • जिन्दगीको एक सिद्धान्त सधै याद राख्नु , पहिचान सबैसँग गर्नु तर भरोसा आफूलाई मात्र गर्नु ।
  • जिन्दगीभर खुसी रहन चाहनुहुन्छ भने आफूलाई यस्तो बनाउनुहोस् कि कोही तपाईंसँग होस् या नहोस् तपाईलाई कुनै चिजको दुःख हुनुहुँदैन ।
  • समय र धैर्य यी दुई यस्ता हिरा हुन्, जसको भरमा मान्छे कठिन भन्दा कठिन लक्ष्यहरु प्राप्त गर्न सक्छ ।
  • ‘को, कहिले र कसको कति आफ्नो थियो र हो’ यो केवल समयले बताउँछ ।
  • धेरै अप्ठ्यारा परिस्थितिहरुलाई पार गरेको ऊ व्यक्ति जो रुनेवाला कुराहरुमा पनि मुस्कुराई दिन्छ ।
  • जिन्दगीका हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस्, घाम जतिसुकै तेज किन नहोस् समुन्द्र कहिल्यै सुक्दैन् ।
  • दुई व्यक्तिहरु बिचको सम्बन्ध मजबुत तब बन्छ, जब दुई व्यक्तिहरु एक आपसमा हृदयको भावनाले बाँधिएका हुन्छन् । न कि आवश्यकताको डोरीले ।
  • यति राम्रो पनि नखोज्नुहोस् कि राम्रोलाई नै गुमाईदिनुहोस ।
  • सुन्दरता मान्छेको मुहारमा होइन मन र व्यवहारमा खोज्ने गर ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय