लुम्बिनी वाङमयको अध्यक्षमा ऋषि आजाद चयन
रुपन्देही । लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा पाँचौ साधारण सभा सम्पन्न भएको छ ।
कपिलवस्तुको कपिधाममा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानाका कुलपति गंगा प्रसाद कोइरालाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पिता मंगलकुमार नेपाल र कृष्णप्रसाद कोइरालाका पिता यादवनाथ कोइरालाको शालिक अनावरण गरे ।
कार्यक्रममा बोल्दै माधवकुमार नेपालले संस्कृत वाङमयको उत्थानको लागि कपिलधामले गरेको योगदानको प्रशंसा गरे । यसलाई विशेष सहयोग गरी अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । आफ्नो पिताजीको संस्कृति दर्शन र साहित्यमा भएको योगदानको स्मरण गर्दै उनको सपना साकार पार्नुपर्ने उनको भनाई छ ।
गंगाप्रसाद कोइरालाले स्वर्गीय हिमलाल ज्ञवालीले नेपाली वाङमयको विकासमा देखाएको तत्परता र योगदानको कदर गर्दै उनको सपना पूरा गर्न सबै लाग्नु्पर्नेमा जोड दिए ।
डा.बालकृष्ण चापागाईले लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बनी प्रदेश नेपालले विगतमा गरेका कामहरुको प्रशंसा गर्दै आफूले यो विषयमा विगतदेखि सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानको मानार्थ सदस्यता, आजीवन सदस्याता, विशिष्ट सदस्यता र संस्थापक सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा फत्तेकुमारी ओली, कविता उपाध्याय, पशुपतिमणि त्रिपाठी, नारायण ज्ञवाली, शेखर दहित, डिकबहादुर विश्वकर्मा, गिरीश्रीस मगरलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा सातवटा पुस्तक विमोचन गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका कावा अध्यक्ष बालकृष्ण भट्टराई, राप्ती साहित्य परिषदको पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, वरिष्ठ साहित्यकार हरिराज शर्मा, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सहजीकरण गर्दै निर्वाचन सम्पन्न गरेका थिए ।
लुम्बिनी वाङमय प्रतिष्ठान नेपालको विधान संशोधन गरी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश बनाइएको छ । अधिबेशनले ऋषि आजादको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष हरि पोखरेल, उपाध्यक्ष सिर्जना ज्ञवाली, महासचिव अर्जुनकुमार पौडेल, सचिव शेखर दहित, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली रहेका छन् ।
सदस्यहरुमा विक्रम शिशिर बाँके, मीना बराल बर्दिया, फत्तेकुमारी ओली रुकुम, कमलमणि देवकोटा दाङ्ग, नवराज आचार्य, प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, घनश्याम न्यौपाने परिश्रमी नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलवस्तु, तिलक लामिछाने रुपन्देही, कविता पन्थी गुल्मी, पिताम्बर बन्जाडे अर्घाखाँची निर्वाचित भएका छन् ।
अधिबेशनमा प्रतिष्ठानको संस्थागत र आर्थिक प्रतिवेदन पारित गरिएको कपिलधामका अध्यक्ष शंकर आचार्यले जानकारी दिए ।
प्रतिक्रिया थप्नुहोस्