१६ बैशाख २०८१, आइतबार

‘जातको जलन'

यहि २१ औं आधुनिक समाजबाट 
तिरस्कृत मानव म 
मलाई पाखा लगाइएको छ यहाँ 
यो समाजले मेरो छुट्टै उपनाम दिएको छ दलित 
मैले छोएको चल्दैन रे यहाँ 
यो समाज पनि कति बैमानी छ है 
ठुलाबडाको घर पस्न हुन्न रे म 
तर कुकुर पनि घर भित्र पालिन्छ यहाँ 
मैले खलखली पसिना बगएर 
पिटेको फलम चल्छ यहाँ 
मैले रातदिन नभनी सिएको 
कपडा चल्छ यहाँ
सजाउन सजिन मेरै सीप खोजिन्छ यहाँ 
तर मैले छोएको चल्दैन यहाँ 
यहि जल्दोबल्दो समाजले स्वीकार्न सकेन यहाँ
काटे रगत रातै किन खोज्छौ जातै 
मान्छेकै छ राज जात भन्न नि लाज 
छिया छिया भयो मन जातैले गर्दा बास पनि नपाइने भो
अपनाउने छु अब सत्य कुरा मैले 
बदलिन नसक्ने यो समाज कैले 
माया गर्नेलाई यो समाज दिवार भो 
मीठो नाता साथी मै सिमित भो 
फुल्दै गरेको प्रेमको फुल कोपिलामै चुडियो 
चाहेको व्यक्तिसंग प्रेम गर्ने अधिकार पनि छैन यहाँ 
आफ्नै अधिकार खोज्दा खोज्दा 
मेरै बजुद मेटाउन पनि पछि परिन्न यहाँ


जातीय भेदभाव जरैदेखि अन्त्य गरौँ !


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्