६ फाल्गुण २०८२, बुधबार

असार ३ देखि हलमा 'चिसो मान्छे'

काठमाडौं । नयाँ नेपाली फिल्म 'चिसाे मान्छे'को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

दीपेन्द्र के खनालको लेखन, निर्देशन तथा छायांकनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका रहेको छ । सार्वजनिक ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । 

ट्रेलर सार्वजनिक कार्यक्रममा र्‍यापर तथा काठमाडौं महानगरको मेयर उम्मेदवार बालेन साह, अभिनेता विपीन कार्की तथा फिल्मका कलाकार, निर्देशक, निर्माता पनि उपस्थित थिए । 

दुई लाखभन्दा बढी पटक हेरिएको ट्रेलर यतिवेला युट्युब ट्रेण्डिङमा परेको छ । विदेशमा निधन भएका श्रीमान‌्‌को लास लिन काठमाडौं आएकी श्रीमतीको भूमिकामा स्वस्तिमा देखिएकी छन् । उनीसँगै देशभक्तले स्वस्तिमाको ससुरा र अर्पणले ड्राइभरको भूमिका निर्वाह गरेका छन् । 

काठमाडौंबाट लास लिएर बाजुरासम्म पुग्दाको यात्रा फिल्ममा देखाइने निर्माण टोलीले जनाएको छ । प्रेम र विवाहलाई लिएर समाजले तोकिदिएको सीमाको कथा फिल्ममा देख्न पाइने अभिनेत्री स्वस्तिमाले जनाएकी छन् ।

साथै फिल्ममा उनले निर्वाह गरेको पात्रको माध्यमबाट उक्त सीमा भत्काउने प्रयास गरिएको पनि उनले बताएकी छन्। फिल्म आगामी असार ३ देखि प्रदर्शनमा आउँदै छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्