३ बैशाख २०८१, सोमबार

बलिउडका यी हरर कमेडी फिल्म, जसले बक्स अफिसमा मच्चाए हंगामा

मुम्बई । अभिनेत्री कट्रीना कैफ अभिनीत फिल्म ‘भूत पुलिस’ छिट्टै रिलिज हुँदैछ । फिल्ममा कट्रीनाको अलवा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि मुख्य भुमिका छ । हरर कमेडी जनराको यो फिल्मको हालै ट्रेलर रिलिज भएको थियो, जसलाई रुचाइएको छ । 

फिल्मले बक्सि अफिसमा राम्रो व्यवसाय गर्ने अनुमान गरिएको छ । किनभने यस अगाडि आएको केही हरर कमेडी फिल्मले बक्सअफिसमा राम्रो व्यवसाय गरेका थिए । यस्ता छन् बक्स अफिसमा राम्रो व्यवसाय गर्न सफल हरर फिल्म । 

भूलभुलैया 

अक्षय कुमार अभिनित ‘भूलभुलैया’ पनि हरर कमेडी फिल्म थियो । सन् २००७ मा रिलिज भएको यो फिल्म त्यतिबेला बक्स अफिसमा सुपरहिट साबित भएको थियो । अक्षय कुमारको मुख्य भुमिका रहेको फिल्मले अभिनेत्री विद्या बालनलाई फिल्म उद्योगमा नयाँ पहिचान दिलाएको थियो ।

गोलमाल अगेन 

रोहित शेट्टीले बनाएको ‘गोलमाल अगेन’ पनि हरर कमेडी बिषयमा निर्माण भएको थियो । फिल्ममा  अजय देवगन, कुणाल खेमू, अरशद वारसी, तुषार कपूर, श्रेयष तलपडे, तब्बू र परीणीति चोपडा मुख्य भूमिकामा थिए ।

स्त्री

‘स्त्री’ राजकुमार राव र श्रद्धा कपूरको करियरको सबैभन्दा ठूलो हिट फिल्म हो । फिल्मलाई अमर कौशिकले निर्देशन गरेका थिए । फिल्मले दर्शकको मन जित्न सफल भयो । फिल्मले बक्स अफिसमा पनि धमाका मच्चाएको थियो । 

भूलभुलैया २ 

कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २’ सन् २०२२ को सबैभन्दा ठूलो हिट फिल्म मानिन्छ । यस फिल्ममा कार्तिक रुह बाबाको चरित्रमा थिए । जसलाई दर्शकले निकै रुचाएका थिए । फिल्म बक्स अफिसमा सफल सावित भयो । –अमर उज्याला

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्