अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ
×
काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।
खडकाले दुई वर्षअघि धनगढीका प्रेमी विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी थिईन् । केही साताअघि श्वेताले आफू केही वर्ष ममीको भूमिकामा व्यस्त हुने बताएकी थिइन् । उनी गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले हेर्दै आएका थिए ।
केही वर्षपछि फिल्म निर्माणमा फर्कने श्वेताको योजना छ । उनी नारी कथावस्तुमा फिल्म निर्माण गर्न चाहन्छिन् ।











प्रतिक्रिया थप्नुहोस्