६ फाल्गुण २०८२, बुधबार

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुस १५ मा

काठमाडौं । प्रियंका कार्कीको मुख्य भूमिका रहेको हरर तथा थ्रिलर फिल्म ‘चि मुसी ची’ पुस १५ गते रिलिज हुने भएको छ ।

यो फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । फिल्ममा प्रियंकासहित ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी र राजन खतिवडाको मुख्य भूमिका छ ।

फिल्मले नेपालमा हरर तथा थ्रिलर शैलीको फिल्ममा ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रवर्तीको विश्वास छ । फिल्मलाई जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । यो फिल्म नेपाली र बलिउड प्राविधिकको सहकार्यमा भएकाले पनि नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण पक्षले लिएको छ ।

रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्तीले फिल्ममा लगानी गरेका छन् । वितरण राइट्स डीसीएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्