जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद
×
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।
सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।
शंकरले भने, “सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।” जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्