१५ बैशाख २०८१, शनिबार

ब्रेनट्युमर पीडितलाई सहयोग

पाल्पा । ब्रेनट्युमर रोगबाट पीडित बनेका एक युवकलाई प्रवासी नेपालीले उपचारमा सहयोग गरेका छन । पाल्पाको बगनासकाली गाउँपालिका–८ बस्ने ब्रेनट्युमर रोगले ग्रसित ३५ वर्षीय हरि भुसालको उपचारका लागि अमेरिकामा बसोबास गर्दै आएका प्रवासी नेपालीले उपचारमा सहयोग गरेका हुन । 

सोही गाउँपालिका–९ घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका रामप्रसाद बस्याल, विष्णु बस्याललगाय प्रवासी युवा मिलेर रु दुई लाख एक हजार ७७३ पीडित भुसालको सहयोग गरेका हुन । भुसालको उपचारमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट रु पाँच हजार, क्राउन होटल तानसेनका सञ्चालक ज्ञानु कार्कीबाट रु चार हजार गरी दुई लाख १० हजार ७७३ उपचारमा सहयोग जुटेको छ ।

अध्यक्ष बस्याललको पहलमा रोजगारीका सिलसिलामा अमेरिकामा रहेका नेपाली युवाबाट सो रकम सङ्कलन गरिएको हो । भुसालको आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि औषधि उपचारमा राहत पुगोस् भनेर सहयोग गरिएको सहयोगदाता रामप्रसाद बस्यालले बताए । 

भुसालको अहिले काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको छ । सो रकम बिहीबार पीडित परिवारलाई अध्यक्ष बस्यालले हस्तान्तरण गरेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्