१६ चैत २०८०, शुक्रबार

बाँसुरीसँग रमाएका निर्मल

बुटवल । बाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निँगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । 

ढुङ्ग्रोको अर्कापट्टी लहरै सात वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुतिमधुर हुन्छ, सुरिलो धुनले जसलाई पनि मन्त्रमुग्ध बनाउँछ । 

नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई ‘वंशी’ पनि भनिन्छ । यही बाँसुरी बजाउन र बनाउन पोख्त छन दाङका निर्मल सिंह । सानै उमेरदेखि बाँसुरी बजाउन चाख राख्ने निर्मलले आफुलाई आवश्यक बाँसुरी आफै बनाउँछन । 

भगवान श्रीकृष्णलाई मनपर्ने बाजा र आफुलाई बाँसुरी बजाउँदा बेग्लै खालको आनन्द मिल्ने भएकोले यसैमा रमाएको निर्मलले हामीसँगको कुराकानीमा बताए । ०६२ सालदेखि काठमाडौंलाई कर्मथलो बनाएका उनले विभिन्न गीतहरुमा पनि बाँसुरी बजाएका छन । उनी गण्डकी दोहोरी साँझ दरबार मार्गमा काम गर्छन ।

१०+२ को पढाई सकाएर निर्मलले गायन विद्यामा उच्च शिक्षा तथा बाँसुरी विषयमा पाटन ढोका एलमया कलासकिमा जीवन आलेसँग चार वर्ष संस्कृत ज्ञान हासिर गरेका छन । पुराना लोकप्रिय बाजाहरु लोप हुँदै जान थालेको उनलाई चिन्ता छ । “यो बाजा बजाउन हामिले मात्र सिकेर हुँदैन अहिलेका युवा विदेशी बाजामा बढि रमाउन थाल्दा नेपालका यस्ता लोकप्रिय र भग्वानले पनि मन पराएको बाजा लोप हुन थालेका छन” उनले भने, “अहिलेका पिढीलाई पनि यसबारे सिकाउन पाए भविष्यमा सन्नततीलाई हाम्रा बाजा भनेर चिनाउन सकिन्थ्यो ।”

पहिलो पटक मातातिर्थको धार्मिक कार्यक्रममा बाँसुरी बजाएका निर्मलले आफ्ना अग्रजहरुसँग सातदिने कार्यक्रममा बाँसुरी बजाएर १ हजार पारिश्रमिक पाएको अनुभव सुनाए । आफुले बाँसुरी गल्ती बजाउँदा अग्रजहरुले सरगम लेखेर समेत दिएकाे स्मरण गर्दै उनले त्यसले आफुलाई यसमा सफल हुन थप प्रेरणा मिलेको बताउँछन ।

धेरैले आफुलाई बाँसुरी बनादिन आग्रह गर्ने तर आफु कार्यक्रममा व्यस्त हुने भएकोले बाँसुरी बनाउन समय दिननसकेको निर्मलले बताए ।

प्राप्त प्रतिकृयाहरू

Deepak Gautam लेख्नुहुन्छ (२०७६ श्रावण ७ मंगलबार ११:४९ am )

धेरै राम्रो बासुरी बजाउछन र बनाउछन पनि, याे क्षेत्रमा निकै मिहेनत गरेकाछन उनले खुसी लाग्याे आज निर्मलकाे बारेमा पढन पाउँदा। बधाई छ निर्मल????????????????????????????????

Durgesh gautam लेख्नुहुन्छ (२०७६ श्रावण ६ सोमबार ९:५३ pm )

Dherai ramro nirmal bhai timla dherai badhai chh krishna avtari niramal bhai

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्